१४ मंसिर २०८३, आईतवार

प्रशान्त बिष्ट सहितका प्यानल आज पनि घरदैलो अभियानमा

एसीपी संवाददाता

२२ बैशाख २०७९, बिहीबार ०२:२९ मा प्रकाशित

बैशाख २२ नेपालगन्जः स्थानीय तहको निर्वाचन आउन ८ दिन बाँकी छ । उम्मेदवारहरु चुनावी घरदैलोमा व्यस्त भएका छन् । नेपाली काँग्रेस र जसपाको गठबन्धनबाट नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्ट र उपप्रमुख पदका उम्मेदवार कमरुद्दिन राई विहानैदेखि चुनावी घरदैलोमा निस्कनुभएको छ । सम्बृद्ध नेपालगन्ज बनाउने अभियानका साथ चुनावी मैदानमा उत्रिएका विष्ट र राईको जोडीलाई जिताउन मतदाताहरु पनि उत्साहित देखिएका छन् । काँग्रेस नेपालगन्ज उपहानगरपालिकाका सभापति समेत रहनुभएका नगर प्रमुख पदका उम्मेदवार विष्ट आज विहानै घरदैलोमा निस्कनु भएको छ । विष्टले आज वडा नम्वर ५, ११, १२ र २२ मा घरदैलो गर्दै त्यहाँ आयोजित कोणसभालाई पनि सम्वोधन गर्ने कार्यक्रम छ । यस्तै उपप्रमुख पदका उम्मेदवार राई नेपालगन्ज उपमहानगरपालिका ४ घोसी जामा मस्जिद क्षेत्रको घरदैलोमा निस्कनुभएको छ । उम्मेदवारहरु आज आफ्नो प्रतिबद्धतापत्रसहित घरदैलोमा छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x