१३ असार २०८३, शनिबार
प्रहरी द्धारा अश्रु ग्यास प्रहार

जनकपुरमा दुई पक्षबीच झडप भएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठामा दुई पक्षबीच शनिबार झडप भएपछि प्रहरीले ७ राउण्ड अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मुस्लिमहरूको मोहरम्म पर्व सम्बन्धमा सामाजिक सञ्जालमा भएको टिप्पणी विषयमा दुबै पक्षबीच भएको झडप उग्र रुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गर्नु परेको प्रहरीले जनाएको छ । दुई समूह तितरबितर भएको र थप विवाद हुन नदिन प्रहरी परिचालन गरीएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
Subscribe
Login
0 Comments



