१३ असार २०८३, शनिबार

प्लाज्मा थेरापीबाट दोस्रो जीवन पाए

एसीपी संवाददाता

२८ भाद्र २०७७, आईतवार १४:१२ मा प्रकाशित

उच्च ज्वरो, रुघाखोकी र श्वास फेर्न निकै कठिन भइरहेको थियो । प्रविण केसीलाई लागेको थियो अव जिन्दगी यति नै रहिछ । ‘तर, बाँचियो नजिकै उभिएका डा.खगेन्द्र जंग शाहसहितको नर्सिङ टीम र प्लाज्मा दान गर्नेे प्रमोद रिजालतिर पुलुक्क हेर्दै केसीले भन्नुभयो–‘तपाईहरु मेरो भगवान् हो मैले दोस्रो जुनी पाए ।’ कोरोना भाइरस संक्रमणका कारण मृत्युको मुख नजिक पुगेका सल्यान शारदा नगरपालिका–६ का २९ वर्षीय केसी भेरी अस्पतालमा प्लाज्मा थेरापी उपचार विधिबाट निको भएर आइतवार डिस्चार्ज हुँदा उपचारमा संलग्न चिकित्सकदेखि प्लाज्मा दिने दातासमेत हर्षविभोर देखिन्थे ।

‘कोरोनालाई हल्कारुपमा नलियौं केसीले भन्नुभयो–‘म मृत्युको मुखमा पुगेर फर्किएको व्यक्ति हुँ । त्यो पीडा र छटपटिको नजरअन्दाज कसैले नगरौं।’

‘कोरोनालाई हल्कारुपमा नलियौं केसीले भन्नुभयो–‘म मृत्युको मुखमा पुगेर फर्किएको व्यक्ति हुँ । त्यो पीडा र छटपटिको नजरअन्दाज कसैले नगरौं।’ कोरोनाले दीर्घरोगी, बुढाबुढीलाई नै असर गर्छ भन्ने सुनेको थिए, त्यसो हैन रहिछ उहाँले भन्नुभयो–‘न म कुनै स्वास्थ्य समस्याबाट पीडित थिए न दीर्घरोगी न त म बुद्ध नै । तर संक्रमणले निकै थल्लाइदियो । समयमै सहि उपचार नपाएको भए सायद बाँच्ने थिएन् होला ।’

श्वासप्रश्वास, ज्वरो र खोकी सम्बन्धी समस्या देखिएपछि केसी भदौ १२ गते भेरी अस्पताल भर्ना हुनुभएको थियो । त्यस्को भोलीपल्ट पीसीआर रिपोर्ट पोजेटिभ आयोे । निमोनिया भएका केसीको स्वास्थ्य स्थिति गम्भीर हुँदै गएपछि उहाँलाई आइसीयुमा राखेर अक्सिजन दिइएको थियो । स्वास्थ्य स्थिति खस्किँदै गएपछि अस्पतालमा भर्ना भएको तीन दिनमा केसीलाई प्लाज्मा थेरापीबाट उपचार गरिएको थियो । स्वास्थ्य अवस्थामा सुधार आएसँगै केसीको रिपोर्ट पनि नेगेटिभ देखिएपछि अस्पतालले उहाँलाई डिस्चार्ज गरेको छ ।

‘म आज निकै खुसी छु, वडाअध्यक्ष प्रमोद रिजालले भन्नुभयो–‘मेरो रगतबाट निकालिएको प्लाज्माले प्रविण भाइको ज्यान जोगियो, आफैलाई भाग्यमानी ठानेको छु ।’

केसीलाई नेपालगन्ज उपमहानगरपालिका वडा नं.१ वडाअध्यक्ष प्रमोद रिजालले प्लाज्मा दान गर्नुभएको थियो । आफ्नै प्लाज्माबाट प्रविणको ज्यान जोगिएको भन्दै रिजालले खुसी व्यक्त गर्नुभयो । ‘म आज निकै खुसी छु, वडाअध्यक्ष रिजालले स्वास्थ्य पेजसँग भन्नुभयो–‘मेरो रगतबाट निकालिएको प्लाज्माले प्रविण भाइको ज्यान जोगियो, आफैलाई भाग्यमानी ठानेको छु ।’

रिजालले आफु कोरोना संक्रमणबाट मुक्त भएको करिव एक महिनापछि रक्तदान गर्नुभएको थियो । ‘मैले त विरामी (प्रविण)लाई चिनेको र देखेको पनि थिएन् तर डा. खगेन्द्रले तपाईको ब्लड आवश्यक पर्ने भयो दिनु पर्यो । एकजनाको अवस्था क्रिटिकल छ भनेर फोन गर्नुभयो, रिजालले दुई साता अघिको स्मरण गर्दै भन्नुभयो–‘आएर ब्लड डोनेट गरे ।’ रिजालकै ब्लडबाट निकालिएको प्लाज्माले ज्यान जोगिएपछि केसीको खुसीको सीमा छैन् ।

रिजालकै ब्लडबाट निकालिएको प्लाज्माले ज्यान जोगिएपछि केसीको खुसीको सीमा छैन् । ‘म पनि प्लाज्मा दान गर्न आतुर छु केसीले भन्नुभयो–‘जतिबेला प्लाज्मा मेरो शरिरमा चढ्दै थियो, त्यतीबेलै मैलै प्लाज्मा दिने सोचिसकेको थिए, मेरो समय पुग्ना साथ प्लाज्मा दिने छु ।’

‘म पनि प्लाज्मा दान गर्न आतुर छु केसीले भन्नुभयो–‘जतिबेला प्लाज्मा मेरो शरिरमा चढ्दै थियो, त्यतीबेलै मैलै प्लाज्मा दिने सोचिसकेको थिए, मेरो समय पुग्ना साथ प्लाज्मा दिने छु ।’ प्लाज्मा दान गरेर आफुजस्तै क्रिटिकल विरामीको ज्यान जोगाइदिन संक्रमणबाट निको भएकाहरुलाई केसीले आग्रह पनि गर्नुभएको छ ।

भेरी अस्पतालमा पहिलो पटक प्लाज्मा थेरापी विधिबाट उपचार सफल भएको भन्दै अस्पतालका फिजिसियन तथा उपचारमा संलग्न चिकित्सक खगेन्द्र जंग शाहले पनि खुसी व्यक्त गर्नुभयो । पहिलो केसमै हामीले सफलता पाएका छौं उहाँले भन्नुभयो–‘ संक्रमणबाट मुक्त भएकाहरुलाई प्लाज्मा दान गर्न पनि म आव्हान गर्दछु ।’

भेरीमा दोस्रो प्लाज्मा थेरापीबाट उपचार गरिएका व्यक्तिको अवस्था भने स्थिरजस्तै छ । ‘अझैपनि ५-६ जनाको अवस्था क्रिटिकल छ डा. शाहले भन्नुभयो–‘अहिले रेमडिसिभिर औषधि दिएका छौं त्यसले सुधार भएन भने प्लाज्मा दिनु पर्ने हुन्छ ।’ प्लाज्माका लागि संक्रमणबाट निको भएका व्यक्तिहरुलाई ब्लड डोनेट गर्न उहाँले आग्रह गर्नुभएको छ । प्लाज्मा थेरापी कोरोना भाइरसको संक्रमण भएका गम्भीर प्रकृतिका विरामीको उपचारमा प्रयोग गर्न प्रभावकारी मानिएको छ । यो विधि विश्वका धेरै देशहरुले प्रयोगमा ल्याइसकेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x