२१ कार्तिक २०८३, शुक्रबार
फुटबल प्रतियोगितामा टिकुलिपुर पहिलो स्थान हासिल गर्न सफल
युवराज थापा
कालिका कम्प्युटर इन्स्टिच्युट को आयोजनामा भएको खुला फुटबल प्रतियोगितामा टिकुलीपुरले पहिलो स्थान हासिल गरेको छ ।

राप्ती सोनारी गाउँपालिका वडा नं २ मदुवा मा असार ६ देखि ११ गते सम्म भएको खुला फुटबल प्रतियोगितामा टिकुलिपुर पहिलो स्थान हासिल गर्न सफल भएको छ। स्टाईकर तथा टिम क्याप्टेन “हरी खड्का” को उत्कृष्ट खेल प्रदर्शनका कारण सबै खेलहरूमा सहजै जित हासिल गर्दै फाईनल प्रबेस गरेको टिकुलिपुरले फाइनलमा पनि सहजै जित हासिल गर्दै पहिलो हुन सफल भएको हो। प्रथम टिम लाई वडा अध्यक्ष “मदन वली” ले पुरस्कार हस्तान्तरण गरेका थिए।
Subscribe
Login
0 Comments


