६ मंसिर २०८१, बिहीबार

फुले पछी त झर्नै पर्छ

एसीपी संवाददाता

५ मंसिर २०८१, बुधबार ०८:३४ मा प्रकाशित

फातुमा खातुन अंसारी  =  हाम्रो मन नै सुख-दुख को कारण हो त्यसैले हामीसंग जे छ त्यसैमा सन्तोष लिई रमाउन सकेमा त्यहिबाट खुशी को सुरुवात हुन्छ। जीवन चक्र को नियममा आशु-हासो, मिलन- बिछोड, सुख-दुख, अधेरी-उजेली, दिन-रात, घाम-पानि, पतझड-बशन्त, जन्म- मृत्यु यी सबै धर्तीका लाबण्य र सृष्टी चक्रका देनहरु हुन्। हाम्रो जीवन यिनै कथाको साङ्लो भित्रै बाधिएको छ। यी सबै निरन्तर आफ्नै चालमा समयचक्रमा चलिरहन्छन। यस पिर्थ्बीमा रहने हरकोहि जीवित प्राणी यस सृष्टी चक्रको नियम बाट बच्न सक्दैनन। यी सबै हाम्रा साथि हरु हुन्।

संघर्षको अर्को नाम हो जिन्दगी। केहि पाउनु र गुमाउनु को नाम हो जिन्दगी। जस्ले दुख र संघर्ष लाइ जितेर जीबन् जीउन सक्छ, अघि बढ्न सक्छ त्यसकै नाम हो जीन्दगी। यी सबै चिजहरुको सङगम हो जिन्दगी। यी सबै भोगेर बाच्नुको नाम हो जिन्दगी।

अन्तमा,
फुले पछी त झर्नै पर्छ, माथि पुगे पछि तल ओर्लनै पर्छ, जन्मेपछि एक दिन मर्नै पर्छ, काडै काडा मा भएपनि काडा पन्छाई जिन्दगी जीउनै पर्छ। यहि नै जीवनको रित हो। सुख त केवल पहुना मात्रै हो, दुख नै असली साथि हो। मिलन त केवल क्षणिक हो बिछोड कुनै पल पनि आउँन सक्छ। जीन्दगी को कुनै भरोशा छैन, सासको डोरी कुनै बेला पनि टुट्न सक्छ।        समाजिकसंजाल बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x