३१ असार २०८३, बुधबार

बर्दिया राष्ट्रिय निकुञ्जमा ५औँ पटक बाघ गणना गर्न शुरू

एसीपी संवाददाता

१० पुष २०८२, बिहीबार १०:१५ मा प्रकाशित

बर्दिया राष्ट्रिय निकुञ्ज मा बाघको गणना शुरु गरिएको छ । निकुञ्जभित्र क्यामरा जडान गरेर बाघ गणना थालिएको हो । निकुञ्जमा पछिल्ला वर्षमा बाघको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ । त्यहाँ आठगुणाले बाघको सङ्ख्यामा वृद्धि भएको पाइएको हो ।

बाघको वृद्धिसँगै संरक्षणको चुनौति पनि उत्तिकै वृद्धि भएको छ । यद्यपि बाघ गणना शुरू भएकै दिन हिजो बर्दियाको बारबर्दिया नगरपालिका–१० बैदीको फेनापति सामुदायिक वनमा पार्वती डाँगीलाई बाघले आक्रमण गर्दा ज्यान गएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दिएको जानकारीअनुसार अहिले नेपालमा ३ सय ५५ बाघ छन्, जसमा बर्दियामा मात्रै झन्डै १ सय २५ रहेको छ । पछिल्लो समय २१ वटा पाटेबाघ मरेको छ । निकुञ्जको तथ्याङ्कअनुसार तीन आर्थिक वर्षमा बर्दियामा ३ सय २२ वन्यजन्तु मरेको छ र ४ सय २३ वन्यजन्तुको उद्धार गरिएको छ । वन्यजन्तु मरेकामध्ये ठूलो हिस्सा गाडी दुर्घटना, तारजालीमा अड्किनु, कुकुरको आक्रमण, प्राकृतिक कारण, रोग, विद्युत् र आपसी द्वन्द्वका कारण भएको पाइएको छ ।

मानवीय पक्षबाट हेर्दा बाघसँगको द्वन्द्व अत्यन्तै पीडादायी बन्दै गएको छ । चालू आर्थिक वर्ष २०८२/२०८३ को दुई महिनामा चार जनाले बाघको आक्रमणमा परी ज्यान गुमाएका छन् । तीन वर्षको अवधिमध्ये नेपालभर ५३ जनाले ज्यान गुमाएका छन्, जसमा बर्दियामा मात्रै ३४ जनाले ज्यान गुमाएका छन् ।नेपालगन्ज ग्यालरीअफिसियल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x