१४ मंसिर २०८३, आईतवार

बाँकेको नरैनापुर गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) विजयी

एसीपी संवाददाता

७ जेष्ठ २०७९, शनिबार ०२:०६ मा प्रकाशित

नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपाल विजयी भएको छ ।  अध्यक्षमा इस्तियाक अहमद शाह र उपाध्यक्षमा जयन्तीदेवी श्रीवास्तव निर्वाचित भएका हुन् । दुबै जना पालिकामा दोहोरिएका छन् ।

शाहले कांग्रेसका रामचन्द्र मौर्य र श्रीवास्तवले कांग्रेसकै अतिकुन निशा खाँलाई पराजित गरेका हुन् । शाह ५०३७ मतका साथ निर्वाचित भएका हुन् । निकटतम प्रतिद्वन्दी मौर्यले ३६८५ मत पाएका छन् भने श्रीवास्तव ३८७९ मतका साथ निर्वाचित हुँदा खाँले ३६७२ मत पाइन् ।

नरैनापुरमा ४ वटा वडा कांग्रेस र २ वडा जसपाले जितेका छन् । वडा नम्बर १, ४, ५ र ६ मा कांग्रेस तथा २ र ३ मा जसपा विजयी भएका हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x