४ आश्विन २०८३, आईतवार
बाँकेमा थप चार जनाको कोरोना संक्रमणबाट मृत्यु
नेपालगन्ज । बाँकेमा कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा २ जना तथा नेपालगन्ज मेडिकल कलेज कोहलपुर र युनाइटेड अस्पताल नेपालगन्जमा १/१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँके र बर्दियाका दुई दुई छन् ।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा उपचाररत बाँसगढी ४ बर्दियाका ३९ वर्षीय पुरुष र ठाकुरबाबा २ बर्दियाका ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बैजनाथ ३ बाँकेकी ३३ वर्षीया महिला र युनाइटेड अस्पतालमा नेपालगन्ज १ की ४५ वर्षीया महिलाको मृत्यु भएको छ ।
यो संगै कोरोनाबाट हालसम्म बाँकेका ३०२ जना र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय १३ जनाको मृत्यु भएको छ ।
Subscribe
Login
0 Comments


