५ आश्विन २०८३, सोमबार

बाँकेमा थप ७ दिन निषेधाज्ञा जेठ १७ गतेसम्म लम्बियो

एसीपी संवाददाता

१० जेष्ठ २०७८, सोमबार ११:२७ मा प्रकाशित

जिल्ला सुरक्षा समिति बाँकेले जारी रहेको निषेधाज्ञालाई जेठ १७ गते मध्यराती १२ बजे सम्मकालागि थप गर्ने निर्णय गरेको छ । कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि नेपालमै पहिलो पटक बैशाख ८ गते नेपालगन्ज उपमहानगर क्षेत्रबाट सुरु भएको निषाधाज्ञा अहिले बाँके जिल्ला भरी जारी रहेको छ ।

महामारीको प्रकोप अझै नघटेको ठहर गर्दै जिल्ला सुरक्षा समितिले थप ७ दिनलाई निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।यस अघि कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द (डीसीसीएमसी) को नामबाट बैठक र निर्णयहरु हुने गरेपनि कोरोना माहामारी नियन्त्रण सम्बन्धी अध्यादेश आएसँगै डीसीसीएमसी खारेज भएपछि आज जिल्ला सुरक्षा समितिको बैठकमा निषेधाज्ञाका बिषयमा छलफल भएको थियो ।

समितिले निषेधाज्ञालाई थप प्रभावकारी बनाउन जिल्लाका सबै सुरक्षा निकायले संयुक्त सुरक्षा योजना बनाएर लागु गर्ने समेत निर्णय गरेको छ । यस अघि जारी निषेधाज्ञा फितलो भएको गुनासो आएको र गृह मन्त्रालयले समेत देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई निषेधाज्ञा प्रभावकारी बनाउन निर्देशन गरे अनुसार अब थप हुने निषेधाज्ञाको कार्यान्वयन कडा हुने बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।बाँकेमा निषेधाज्ञा जारी भएको १ महिना पछि पहिलो पटक आईतबार मृत्युदर शुन्यमा पुगेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x