१३ असार २०८३, शनिबार

पत्रकारहरुको कलम एके ४७ र मेसिन गन जस्तै हुनु पर्ने ,अजय पाठकको नेतृत्वमा २१ निर्वाचित

एसीपी संवाददाता

३१ भाद्र २०७७, बुधबार १६:३८ मा प्रकाशित

अध्यक्षमा अजय पाठकः जनपक्षीय पत्रकारीतामा जोड

३१ भदौ, बाँके । देशव्यापी रुपमा संगठन निर्माण तथा प्रशिक्षण अभियान सञ्चालन गरिरहेको प्रेस सेन्टर नेपालले आज बाँकेको नेपालगञ्जमा भव्य कार्यक्रम सहित जिल्ला भेला सम्पन्न गरेको छ ।

मेची–महाकाली अभियानको दोश्रो चरणमा प्रेस सेन्टर नेपालले बाँकेको नेपालगञ्जको होटेल पिस प्लाजामा आज जिल्ला भेला सम्पन्न गरेको हो ।

भेलाबाट बाँकेका जनपक्षीय पत्रकार तथा नील खरब अनलाईन मिडिया प्रा.लि.का प्रकाशक समेत रहेका पत्रकार अजय पाठकको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कमिटी निर्वाचित भएको छ ।

निर्वाचित कमिटीको सचिवमा मनोज कुमार तमोली रहेका छन, उनी हरपल नेपाल डटकम र नील खबर डटकममा संवाददाता पदमा कार्यरत रहेका छन । निर्वाचित कमिटिको सदस्यमा गोमा बिक, सम्झना पुन, अमित गुप्ता, महोमद अमिन हलुवाई लगाएत रहेका छन ।

प्रेस सेन्टर नेपाल बाँकेको भेला आयोजक समितिका संयोजक प्रेरणा खड्काको अध्यक्षतामा भएको उक्त भेलामा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष लोकराज जैसीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का पोलिटव्यूरो सदस्य तथा संगठन विभाग सचिव नरेश शाही ‘रक्तिम’ को विशेष आतिथ्यता रहेको थियो भने माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा प्रशिक्षण विभाग सचिव सिंहराज बिक ‘सिर्जन’, केन्द्रीय सदस्य सुकैलाल बर्मा, प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश अध्यक्ष भिम बहादुर बिक लगाएतको आतिथ्यता रहेको थियो ।

प्रेस सेन्टर नेपाल बाँकेका नेता अजय पाठकद्धारा सञ्चालन गरिएको उक्त कार्यक्रममा प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश संयोजक मनराज कठायत, संगठनको प्रदेश पाँच अध्यक्ष दिनेश कुमार श्रीवास्तव, कैलाली अध्यक्ष डम्बर बुढा, सुर्खेतका सदस्य आमुष मिजार लगाएतको समेत आतिथ्यता रहेको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य दिदै नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य सुकैलाल बर्माले समाजिक अन्याय, अत्याचारका विरुद्धमा प्रेस सेन्टर नेपालले कलम चलाउँदै व्यवस्था परिवर्तनको पक्षमा योगदान गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा प्रशिक्षण विभाग सचिव सिंहराज बिकले प्रेस सेन्टर नेपालले देश र जनताको समस्या लाई उजागर गर्दै व्यवस्था परिवर्तनको प्रकृयामा सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।

उक्त कार्यक्रममा बोल्दै माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा संगठन विभाग सचिव नरेश शाहीले प्रेस सेन्टर नेपाल सामाजिक दलाल व्यवस्थाका विरुद्ध प्रेस सेन्टर नेपालका पत्रकारहरुको कलम एके ४७ र मेसिन गन जस्तै बन्न सक्नुपर्ने बताए ।

उनले प्रेस सेन्टर नेपालको देशव्यापी अभियान र संगठनात्मक गतिविधिको बारेमा दलाल व्यवस्थाका मतियारहरु हैरान परेको भन्दै उनले देश, जनता र समाजको हितमा अझ शसक्त रुपमा कलम चलाउनुपर्नेमा जोड दिए ।

उक्त कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र) का पोलिटव्यूरो सदस्य समेत रहेका प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष लोकराज जैसी ‘लोकेश’ ले आम जनपक्षीय तथा श्रमजीवी पत्रकारहरुको हक, हित र अधिकारको पक्षमा आफ्नो संगठनले देशव्यापी (मेची महाकाली) अभियान सञ्चालन गरेको बताए ।

अध्यक्ष जैसीले आफ्नो संगठनलले मेची महाकाली अभियानको पहिलो चरणमा कोरोना नियन्त्रणमा पत्रकारले खेल्नुपर्ने भूमिकाको विषयमा देशव्यापी छलफल कार्यक्रम सञ्चालन गरेको र अहिले दोश्रो चरणमा संगठन विस्तार तथा राजनैतिक, वैचारिक प्रशिक्षणको देशव्यापी कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

जैसीले विद्यमान दलाल संसदीय व्यवस्था र सरकारका कारण मिडियालाई राजनीतिक उपयोगको साधनका रुपमा लिने गरिएको प्रति तिब्र विरोध गर्दै पत्रकारहरु बौद्धिक जगत भएकाले पत्रकारीता क्षेत्रले समग्र मानव शरिरमा मस्तिष्कका रुपमा काम गरिरहेको भन्दै उदाहरण दिए ।

उनले आम श्रमजीवी तथा कलमजीवी पत्रकारहरुलाई देश, जनता र राष्टका पक्षमा कलम चलाउने निर्देशन गर्दै दलाल व्यवस्था रहेसम्म पत्रकारमाथिको अन्याय, विभेद र शोषणको अन्त्य सम्भव नभएको दावी गरे ।

उनले वर्गविभेदी सामाजिक संरचनामा पत्रकारीता जगत समेत वर्गिय भएको तर्क गर्दै भने–‘हामीले चलाउने कलमले सर्वहारावर्ग र मजदुर किसान, श्रमिक तथा आम जनसमूदायको हितमा चल्नुपर्छ नकि शासक वर्गको सेवामा । त्यसैले हामीले जनपक्षीय पत्रकारीतालाई जोड दिएका छौ ।’

उक्त कार्यक्रमको अन्त्यमा निर्वाचित समितिको घोषणा सभा नेपालगञ्जको धम्बोझी चोकमा भव्य रुपमा सम्पन्न गरिएको थियो ।

निर्वाचित कमिटिको सार्वजनिक गर्न आयोजित उक्त कोण सभामा उपस्थिति पार्टीका नेता र संगठनका अध्यक्ष जैसीले निर्वाचित समितिलाई दोसल्ला र अबिरले भव्य सम्मान तथा बधाई दिएका थिए ।

त्यस्तै पार्टीका नेता, कार्यकर्ताहरु र प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष जैसी लगाएतलाई सामाजिक व्यवस्था रुपमान्तरको प्रकृयामा योगदान गरेको भन्दै निर्वाचित समितिले पनि टिका र दोसल्लाले अभिनन्दन गरेका थिए ।

कार्यक्रममा सहभागिहरुले माओवादी केन्द्र–जिन्दावाद, प्रेस सेन्टर नेपाल–जिन्दावाद, सम्पूर्ण श्रमजीवी तथा जनपक्षीय पत्रकारहरु–एक हौं ! भन्ने जस्ता नाराहरु समेत लगाएका थिए । कार्यक्रममा एक दर्जन बढिको सहभागिता रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x