१३ असार २०८३, शनिबार

बाँकेमा बुधबार २४ जना नयाँ कोरोनाका संक्रमित

एसीपी संवाददाता

३१ भाद्र २०७७, बुधबार १२:१४ मा प्रकाशित

बाँकेमा बुधबार २४ जना नयाँ कोरोनाका संक्रमित थपिएका छन ।
स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भेरी अस्पतालको परिक्षणमा १५ कोहलपुर मेडिकल कलेज ६ बागेश्वारी ल्याबमा ३ गरी २४ जनामा कोरोना पुष्टि भएको छ । बुधबार संक्रमितहरुमा बाँकेका २० जना रहेको कोरोना फोकल पर्सन श्रेष्ठले जनाएका छन् । यस्तै दैलेख १ जना सुर्खेतका १ जना कैलालीका १ जना र बर्दियाका १ जना सहित २४ जनामा बुधबार कोरोना पुष्टि भएको छ । यो सङ्गै बाँकेमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार ५ सय ३२ पुगेको छ । जसमध्ये, ८ जनाको मृत्यु भइसकेको छ भने १ हजार ८८ जना कोरोना मुक्त भइ डिस्चार्ज भइसकेका छन । ४ सय ४० जना सक्रिय संक्रमितहरु विभिन्न आइसोलेसन सेन्टरमा उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x