२८ आश्विन २०८३, बुधबार

बाँके लगायत देशभर विद्याकी देवी सरस्वतीको पूजाआराधना गरी श्रीपञ्चमी मनाइएको छ

एसीपी संवाददाता

४ फाल्गुन २०७७, मंगलवार १६:०६ मा प्रकाशित

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला साधनाका वस्तु कलम, कापी, कूची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजाआराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु शुरु हुने भएकोले यो दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । यस दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने पनि विश्वास रहेको छ । श्रीपञ्चमीका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस वर्ष भने शुक्र अस्त भएकाले विवाह, व्रतबन्ध जस्ता कर्म यस पर्वमा गरिँदैन । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ । नेपालगञ्जस्थित सरस्वती मन्दिर, बागेश्वरीलगायत विभिन्न मन्दिरमा मंगलवार बिहानैदेखि पूजाआजा गर्न भक्तजन, विशेषगरी छात्रछात्राको घुइँचो लागेको थियो । यसैगरि उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा पूजाआजा गरि श्रीपञ्चमी मनाईएको छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x