३१ असार २०८३, बुधबार

बाँकेका बिभिन्न गाउँपालीकामा फरक प्रजातिका फलफूलका बिरुवा बितरण

एसीपी संवाददाता

११ असार २०८२, बुधबार २३:०५ मा प्रकाशित

बाकेका बिभिन्न गाउँपालीकामा फरक प्रजातिका फलफूलका बिरुवा बुधबार  बितरण गरिएको छ ।

कृषि बन तथा बृक्षारोपन कार्यक्रम अन्तर्गत पारिवारिक निजि संघ नेपाल जिल्ला शाखा बाँकेको आयोजना तथा डिभिजन बन कार्यालय नेपालगन्जको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । बाँकेको खजुरा गाउँ पालिका वडा न १ र जानकी गाउँ पालिका वडा न २, ३,४ र ६ गरि करिब ५० कृषकलाइ आँप,  लिच्चि, कटहर , अम्बा लगायत फलफूलका बिरुवा बितरण गरिएको  पारिवारिक निजि बन संघ नेपाल जिल्ला शाखा बाँकेका अध्यक्ष सुनिल घिमिरेले जानकारी दिनु भयो ।

बितरण कार्यक्रम अन्तर्गत खजुरा गाउँ पालिका वडा न १ मा रहेका पारिवारिक निजी बन किसान र जानकी गाउँ पालीका वडा नम्बर  २,३,४ र ६ का पारिवारिक निजी बन किसान हरुको उपस्तिथि रहेको थियो ।

कार्यक्रममा जानकी गाउँ पालीका वडा न ४ का वडा अध्यक्ष रमेश कुमार बर्माले किसानमुखी यस्ता कार्यक्रमले किसानको आय आर्जनमा वृद्धि तथा जलवायु र वातावरणमा समेत सहयोग पुग्ने बताउनु भयो ।

कार्यक्रमलाइ सहयोग गर्ने डिभिजन बन कार्यालय बाँकेका प्रमुख शंकर प्रसाद गुप्ता लाई धन्यवाद दिदै जानकी गाउँ पालिका वडा नम्बर  ६ का  वडा अध्यक्ष जगदीश प्रसाद हरिजनले भावी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन अनुरोध गर्दै कार्यक्रमको आयोजना गर्ने पारिवारिक निजि बन संघ नेपाल जिल्ला शाखा बाँकेलाई समेत धन्यवाद व्यक्त गर्नु भयो ।

जानकी गाउँ पालीका वडा नम्बर ३ का  वडा सदस्य हुसैनी यादव , वडापारिवारिक निजि बन संघ नेपाल जिल्ला शाखा बाँकेका पधाधिकारी, जनप्रतिनिधि , पारिवारिक निजी बन किसान तथा स्थानीयबासीको उपस्थिति रहेको कार्यक्रममा ५ हजार बिरुवा बितरण गरिएको आयोजक संस्थाले जनाएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x