२१ श्रावण २०८३, बिहीबार

बाके नेपालगञ्ज उपमहानगरपालिकामा अनिश्चितकालीन कफ्र्यु

एसीपी संवाददाता

१६ आश्विन २०८०, मंगलवार १३:४० मा प्रकाशित

नेपालगञ्ज उपमहानगरपालिकामा अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरिएको छ । सामाजिक सद्भाव एवम् धार्मिक सहिष्णुता खल्बलिने अवस्था आएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले दिउँसो १ बजेदेखि अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको हो । 

केही दिन यता नेपालगञ्जमा धार्मिक तनाव बढेको छ । दुई समुदायबीच बढेको तनाबले उग्ररुप लिने अवस्था देखिएपछि कफ्र्यु आदेश जारी गरिएको हो ।  शान्ति र सद्भाव कायम गर्न आह्वान गर्दै आज विहान सद्भाव र्याली निकालिएको थियो ।

मोहम्मद डेको दिन एक जना व्यक्तिले सामाजिक संजालमा इस्लाम धर्मलाई लक्षित गरेर अभिव्यक्ति दिएको भन्दै आइतबार मुस्लिम समुदायले नेपालगञ्जमा टायर बालेर नारावाजी गरेका थिए । त्यसको प्रतिवादमा आज हिन्दु धर्ममा आस्था राख्नेहरुले प्रदर्शन छन् ।  तस्बिर = बिकास खडका ,  मीन बहादुर शाह / रिसभ सिंह / राम पाल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x