२० बैशाख २०८३, आईतवार

बाडियाले विश्व कीर्तिमान स्थापित गरेको भन्दै काठमाडौंमा सम्मानित

एसीपी संवाददाता

९ श्रावण २०८२, बिहीबार १५:४४ मा प्रकाशित

बिकास खडका , रिसभ सिंह वाडिया

साउन ८ गते काठमाडौं – थाइल्याण्डको पटायामा सम्पन्न भएको १२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस च्याम्पियनसिपमा बाँकेका करण बाडियाले २२० किलो उचालेर विश्व कीर्तिमान स्थापित गरेको भन्दै काठमाडौंमा सम्मान गरिएको छ ।

काठमाडौं स्थित ठमेलमा रहेकाे नेपालको पहिलो जिम क्लब नेपाल व्यायाम मन्दिरमा प्रमाण पत्र दिएर खादा माला लगाई सम्मान गरिएको हो ।

अहिले सम्पूर्ण खेलाडी स्वदेश फरकिएका छ्न र अहिले चासो बिसय के छ भने नेपाल सरकार ले बिजेता खेलाडी र  प्रशिक्षकहरुको सम्मान कहिले गर्ने हो ?
नेपाल स्टेन्थलिफ्टिङ महासंघ स्थापित (ई.सं. २०२१) काठमाडौं स्थापना भएको थियोे ।

महासंघले निरन्तर खेलाडीहरुलाई प्रोत्साहित गर्दै आएको छ र महासंघको थप उन्नतिका का लागि नेपाल सरकारको ध्यानाकर्षण हुन जरुरी रहेको छ ।
हालै थाईल्याण्डको पटायामा सम्पन्न १२ औं विश्व स्ट्रेन्थलिफ्टिङ्ग तथा आई.बी.पी. च्याम्पियनसिप प्रतियोगिता २०२५ जुलाई १६ देखि १९ सम्म संचालन भएको थियो । नेपालको प्रतिनिधित्व गर्दै  नेपाली खेलाडीहरुले पदक जितेका हुन ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ का करण वाडियाले बिश्व रेकर्ड बनाएका कायम गरेका थिए । वाडियाले सिनियर ६० के. जी. तौल समूहको आई.बी.पी.मा दोस्रो स्थान, स्ट्रेन्थलिफ्टिङ्ग (हेक लिफ्ट) मा प्रथम स्थान र २२० के. जी. भार उठालेर विश्व रेकर्ड हासिल गर्न सफल भएकोले महासंघले बधाईका साथ स-सम्मान यो सम्मानपत्र प्रदान गरेको छ ।

वाडिया संगै रहेका सम्पूर्ण खेलाडीलाई सम्मान – पत्र प्रदान गरिएको हो ।उक्त प्रतियोगितामा सहभागी नेपालगन्ज ७ डिएसपी रोडका मोहित गुप्ताले स्ट्रेन्थ लिफ्टिङ एण्ड इन्क्लाईन बेन्च प्रेसमा स्वर्ण पदक र स्ट्रेन्थ लिफ्टिङ्ग (हेक लिफ्ट) मा कास्य जित्न सफल भएका हुन ।
यस्तै नेपालगन्ज २ घरबारी टोलका सन्तोष काजी शाक्यले ७६ किलो तौलमा पुरुषतर्फ रजत पदक जितेका थिए ।

सो प्रतियोगितामा नेपालबाट नौ जना खेलाडी सहभागी भएका थिए । प्रतियोगितामा नेपालीे टोलिले सात स्वर्ण, पाँच रजत र दुई कास्य पदक गरेर १४ वटा मेडल प्राप्त गरेको महासंघले जनाएको हो ।

5 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x