बाबि जोशीद्वारा जिल्ला कार्यसमिति कञ्चनपुर लाई निवेदन
भर्खरै मात्र नेपाली कांग्रेसले सार्वजनिक गरेको क्रियासिल सदस्यता नविकरण तथा नया क्रियासिल वितरणमा कन्चनपुर जिल्लाको क्षेत्र ३ भिमदत्त नगरपालिकाको वडा नम्बर १८ मा आफ्ना आसेपासेलाई मात्र बाँडेको भन्दै सोही वडाका बाबि जोशीले जिल्ला कार्यसमिति कञ्चनपुर लाई निवेदन लेखेका छन् ।
उनले क्रियासिल वितरणमा जसलाई लोकतन्त्रको मूल्य र मान्यता थाहा छैन तिनीहरूलाई नाता,गोता र चाकरी गरेकै आधारमा दिएको भन्दै दुःख समेत व्यक्त गरेका छन् ।
उनले पार्टीप्रति प्रश्न खडा गर्दै लेखेका छन् :-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता बाढ्ने क्रममा Nepotism को लहरहरूँ देखियको छ। यहाँ आफू बलियो हुन अफ्ना आसेपासे हनुमानेहरूलाइ किर्याशिल सदस्यता बढ़ियको छ । नेपाली कांग्रेसले सार्वजनिक गरेको किर्याशिल पाउने नामहरूमा यस्ता नामहरूँ नि छन जसले अहिले सम्म साधारण सदस्य पनी छैनन । नेपाली कांग्रेसले अफ़्नो स्थापनाकाल देखी बोकि हिडेको सिद्धांत कोई ????
खोई लोकतन्त्र,खोई समाजवाद ???? यसरी नै अफ्ना आसेपासे भर्ने हो भने एकदिन पार्टी नसकियाल भन्न सकिदैन।
तसर्थ सुदूरपसचिम प्रदेश,कंचनपुर जिल्ला भिमदत्तनगर वार्ड न १८का नेपाली कांग्रेसका सभापति लगायतले गुटको राजनीति गरी व्यक्तिगत स्वार्थका निम्ति प्रयोग हूनेहरूलाइ मात्र किर्याशिल सदस्यता प्रदान गरीयको प्रस्ट छ ।


