१८ आश्विन २०८३, आईतवार

बास नेपालको बाँके शाखा कार्यालय उद्घाटन

एसीपी संवाददाता

३ फाल्गुन २०७८, मंगलवार १४:२४ मा प्रकाशित

बास नेपालको बाँके शाखा कार्यालय उद्घाटन भएको छ ।
७७ वटै जिल्लामा शाखा बिस्तार गररेर काम गरिरहेको बासले बाँके शाखाको कार्यालय आज उद्घाटन गरिएको हो ।
बास नेपालका केन्द्रीय अध्यक्ष रमेश सिटौला र गैर सरकारी संस्था महासंघ नेपाल बाँके शाखाका उपाध्यक्ष चन्द्र प्रसाद तिमिल्सिनाले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेका हुन् ।
बास नेपालका स्वयंसेवक समूहका संयोजक तपेन्द्र बहादुर मलातीले सञ्चालन गरेको कार्यक्रममा बोल्दै बास नेपालका केन्द्रीय अध्यक्ष रमेश सिटौलाले बासले देशैभर स्थापना भएका शाखाहरुको कार्यालय स्थापना भईरहेको बताए ।
जिल्ला प्रशासन कार्यालय बाँके अगाडी रहेको बाँस्कोटा मार्केटमा शाखाको कार्यालय स्थापना गरिएको हो । कार्यालय उद्घाटनको समापन बास बाँके शाखाका अध्यक्ष रबिन्द्र बोहराले गरेका थिए ।बास बाके नेपाल
कार्यक्रममा बास नेपालकी उपाध्यक्ष लुना बुढाथोकी, महासचिव शिव कुमार बर्मा, कार्यकारी निर्देशक नमस्कार शाह लगायतको उपस्थिती रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x