१३ असार २०८३, शनिबार

बिदेशबाट नेपालीलाई फर्काउन सरकारले बेवास्ता गरेको आरोप

एसीपी संवाददाता

२८ भाद्र २०७७, आईतवार १५:३० मा प्रकाशित

समिति सदस्यहरुले भने कोरोना महामारीमा सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको बताएका थिए । उनीहरुले विदेशमा अप्ठेरोमा परेका नेपालीलाई फर्काउन सरकारले सम्बन्धित देशका नेपाली दूतावाससँग समन्वय नगरेको आरोप / फाईल तस्बिर

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विदेशमा अलपत्र परेका नेपालीलाई अबको एक महिनाभित्र उद्धार गर्न निर्देशन दिएको छ ।
सिंहदरबारमा आइतबार बसेको समिति बैठकले अलपत्र अवस्थामा रहेका श्रमिकलाई कम्तीमा एक महिनाभित्र उद्धार कार्य सम्पन्न गर्ने व्यवस्थित कार्ययोजना निर्माण गरी हाल अलपत्र अवस्थामा परेका नेपालीहरुलाई ल्याउने कार्य तत्काल सुरु गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको हो । त्यस्तै विदेशमा अप्ठेरोमा परेका नेपालीलाई स्वदेश फर्काउन सरकारले प्रभावकारी काम नगरेको भन्दै समितिले सरकारको ध्यानाकर्षण गराएको छ ।

बैठकले नेपालीको उद्धारका लागि आवश्यक उडान व्यवस्थापन गर्न एयरलाइन्सहरुसँग बेलैमा समन्वय गर्न पनि समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पनि समितिले निर्देशन दिएको छ । यस्तै, समितिले विदेशबाट उद्धार गरी ल्याइएकाहरुलाई क्वारेन्टिनमा राख्ने, सम्बन्धित प्रदेश र स्थानीय तहहरुमा पठाउन सहकार्य गर्न श्रम, पर्यटन र परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति बिमल श्रीवास्तवले जानकारी दिनुभयो ।

बैठकमा श्रम, रोजगार, तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले अप्ठेरोमा परेका नेपालीहरुलाई प्राथमिकतामा आधारमा नेपाल ल्याइएको बताउनुभयो । बिदेशमा कामबाट निकालिएका र खर्च पनि नभएकाहरुलाई दुतावासको समन्वयमा स्वदेश ल्याउने कार्य गरिने उहाले बताउनुभयो । समिति सदस्यहरुले भने कोरोना महामारीमा सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको बताएका थिए । उनीहरुले विदेशमा अप्ठेरोमा परेका नेपालीलाई फर्काउन सरकारले सम्बन्धित देशका नेपाली दूतावाससँग समन्वय नगरेको आरोप पनि लगाए भिमसेनदास प्रधान, सांसद प्रकाश रसाईली, सांसद, बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले विदेशमा अलपत्रको संख्या अझैपनि ६८ हजार भन्दा बढि रहेको बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x