३ आश्विन २०८३, शनिबार

बिरामीहरुको अवस्था बारे गैर जिम्मेवार सरकार

एसीपी संवाददाता

१९ भाद्र २०७७, शुक्रबार ०७:४३ मा प्रकाशित

युवा नेता सुधान्शु कोईराला

कोरोनाको संक्रमणबाट मानिसले भोग्नु पर्ने कष्ट देखि मृत्युु र बिश्वको अर्थतन्त्रमा यस्ले पारेको नकारात्मक प्रभावलाई हामी सबैले नजिक बाट देखि पनि रहेका छौ र भोगि पनि रहेका छौ त्यस कारण सबै भन्दा पहिला हामीले बुझ्नु पर्ने यथार्थ के हो भने अनुसासित जीवन शैली नै कोरोना माथी बिजय पाउने एउटा उत्तम औषधिको रुपमा देखापरेको छ ।
कोरोनाको कहर सुरुभए देखि बाँकेमा सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाइ कोविड अस्पतालको रुपमा संचालन गरियो जुन हाल सम्म पनि निरन्तर छ । महामारीको सुरुवात संगै केही समयलाई कोरोनाको आकस्मिक उपचारको निम्ति त्यो ब्यवस्था उचित नै मान्नु पर्छ तर यत्रो लामो समय सम्म पनि क्यान्सरबाट प्रभावित बिरामीहरुको अवस्थाको बारेमा सरकारले रत्तिभर पनि चासो लिएको देखिएन ? मैले केही महिना अगाडि पनि DCCMC को बैठकमा क्यान्सर अस्पताललाई लामो समय कोरोना अस्पतालको रुपमा संचालनमा लैजादा क्यान्सरबाट प्रभावित बिरामी उपचारबाट बन्चित हुने कुरा बैठकमा राखेको थिए ।अहिले त्यहाबाट हटाउने निर्णय त भयो तर एउटा गल्तीलाई सच्याएर सरकारले अर्को त्यो भन्दा पनि ठुलो गल्ती दोहोर्‍याएको अवस्था छ ।

अहिले फेरि सरकारले हरेक अस्पतालमा २०% बेड कोविड -१९ को निम्ति छुट्याउनु पर्ने निर्णय गरेको छ । २०७७ भाद्र १ गते बाँके प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको DCCMC को बैठकमा मैले यो निर्णयको बिरोध गर्दै बैठकको ध्यानाकर्षण गर्ने प्रयास गरेको थिये ।

एकातिर कोरोना नफैलियोस भन्ने उदेश्यले भिड नियन्त्रण गर्न लकडाउन गरिएको छ जसले गर्दा देश दिन प्रतिदिन आर्थिक मन्दीको चपेटामा पर्दैछ । जिल्ला बाहिरबाट आएका मानिसबाट सम्प्रदायमा कोरोना सर्ने डरले क्वारेन्टाइन र आइसोलेसोनमा राख्ने गरिएको छ , मानिसबाट मानिसलाइ कोरोना सर्ने डर हुदा कहिले यातायातमा जोड बेजोडको अवधरणा लिएर आउने त कहिले निशेधाज्ञा जारी गर्ने गरिएको छ जुन अत्यन्तै राम्रो कार्य हो तर साथै अर्को तिर विभिन्न किसिमका बिरामी जो आफैमा शारीरिक र मानसिक रुपले कमजोर छन् उनिहरुको बीचमा कोरोना संक्रमणका बिरामीहरुलाई बसाउदै गर्दा नन्-कोविड बिरामीमा कस्तो किसिमको मनोबैज्ञानिक असर पर्छ होला त्यसको हेक्का सम्म पनि नराख्ने ? कोविड-१९ का बिरामी बाहेकका नन-कोविडका बिरामीहरु त्यहा सुरक्षित रहन्छ त?

सरकारलाइ यति पनि गैर-जिम्मेवार र लाचार नबन्न म विनम्रताका साथ जोडदार अपिल गर्दछु । यस्ता धेरै संरचनाहरु छन् जहाँ सरकारले चाहने हो भने कोरोना अस्पतालको रुपमा संचालनमा ल्याउन सक्छ । जुन अस्पतालमा नन-कोविड बिरामीको निम्ति आइ.सि.यु (I.C.U) को राम्रो प्रबन्ध छैन त्यहा कोरोनाको बिरामी थपेर अवस्थालाइ झन झन बिकराल बनाउन तिर नलाग्न सरकार सङ अनुरोध गर्दछु ।

अहिले सम्म कोरोनाका संक्रमितहरुलाई दुई पाटोमा छुट्याइएको छ लक्षण सहित र बिना लक्षणको। सरकारले जहाँ बिना लक्षणका संक्रमितको ब्यवस्था गरेको छ त्यहा उनिहरुको सुबिधालाई मध्यनजर राख्दै केही स्थानमा ईन्टरनेट समेतको सुबिधा त राखिदियेको छ तर यस्तो चरम गर्मीमा बिजुलीको राम्रो ब्यवस्थापन नहुदा मानिसहरु कोरोनाको उपचार भन्दा पनि आफुलाइ कैदी बन्दीको अनुभुति गर्न बाध्य छन् र जहाँ आफै पैसा तिरेर बस्ने ब्यवस्था (self pay) मिलाएको छ त्यहा स्वास्थकर्मीको उपस्तिथी देखिदैन भन्दै आइसोलेसनका संक्रमीतहरु आफै गुनासो गरिरहेको सुन्छौ। यस्तो अवस्थामा जहाँ कोरोना सेन्टरमा सरकारले राम्रो र चुस्त ब्यवस्थापन गर्न सकिरहेको छैन त्यहा कोरोना अस्पतालको के हबिगत होला? आफै अनुमान गर्न सकिन्छ ।
त्यस कारण कोरोनाको निम्ति कुनै एक अस्पताललाइ अस्थाइ रुप मै भए पनि कोविड अस्पतालको रुपमा स्थापित गरि स्वास्थकर्मी, डाक्टर र आवस्यक उपकरणहरुका पर्याप्त रुपमा ब्यवस्थापन गर्न सक्नु पर्छ हैन भने कोरोनाको कारण भन्दा पनि सरकारको गैरजिम्मेवार पनले मानिसको ज्यान जाने निश्चिति छ ।

लकडाउन कोरोनाको थाइ उपचार हैन ! यस्ले देशलाई संकटको दलदलमा गाड्नु बाहेक कहिले पनि उभो लाउने काम गर्न सक्दैन तसर्थ सरकार सङसङै हामी जनता पनि कोरोना सङ बच्ने र कोरोना सङै बाच्ने कुरामा सजग रहन जरुरी छ ।

4 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x