४ आश्विन २०८३, आईतवार

बुटवल बसपार्क’ गीतको भिडिओ सार्वजनिक

एसीपी संवाददाता

२८ बैशाख २०७८, मंगलवार ०३:४६ मा प्रकाशित

रचना रिमाल र पवन ओलीको स्वरमा ‘बुटवल बसपार्क’ गीतको भिडिओ सार्वजनिक भएको छ। युट्युबमा सार्वजनिक गीतमा शब्द तथा संगीत समेत गायक ओलीकै सुन्न  सकिन्छ।

गीतको म्युजिक भिडिओ शिव बिकले निर्दशन गरेका हुन्। भिडिओमा जिवेश गुरुङ र याङ्सु श्रेष्ठको अभिनय छ। 

अजय रेग्मीले छायांकन गरेको म्युजिक भिडियोमा माधव श्रेष्ठको सह-निर्दशन, पदम सुबेदीको सम्पादन, मिलन विश्वकर्माको कलर र सक्षम पुडासैनीको मेकअपको काम सम्हालेका छन्। रोमान्टिक शैलीको गीतमा श्यामस्वेत रसाइलीको संगीत संयोजन छ।

गायक ओलीले यसअघि समेत धानै कुट्ने ढिकी, खोलीमा पानी, माछी बस्यो, परदेशको बास, अक्षतामा दहीलगायत गीत सार्वजनिक गरेका छन्। 

गीतको भिडिओ गायक ओलीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x