१२ आश्विन २०८३, सोमबार

बेईजिङ तनावमा , हेबेइ, ग्वांगोग र जिलिनमा फेरी सङ्क्रमित थपिदै

एसीपी संवाददाता

२१ फाल्गुन २०७८, शनिबार ०५:०७ मा प्रकाशित

एजेन्सी न्युज – चीनभित्रै कोरोना भाइरसका नयाँ सङ्क्रमित भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका छन्। चीनभित्रै पनि यहाँका नागरिकमा सङ्क्रमणका थप व्यक्ति भेटिएका ती अधिकारीहरुले जनाएका छन्। उनीहरुका अनुसार बिहीबार मात्र चीनमा कोरोना भाइरसका ६१ जना नयाँ सङ्क्रमित देखिएका हुन् ।

पुनः चीन कोरोना भाईरस बढी रहदा चीनको कम्युनिस्ट सरकार तनावमा आएको छ ।

तीमध्ये अधिकांश स्वदेशमा नै पाइएको ती अधिकारीले जानकारी दिए। त्यस्तै अरु १५ वटा नयाँ घटना बाहिरबाट आएका पनि शनिबार जानकारी दिइएको हो। चीनको नेशनल हेल्थ कमिसनले शनिबार दिएको जानकारीअनुसार चीनमा शनिबार मात्र ८० जना नयाँ सङ्क्रमित भेटिएका र तीमध्ये ६५ जना चीनभित्रैका नागरिकमा पाइएको हो।

यहाँका स्थानीय नागरिकहरुबाटै उनीहरु सङ्क्रमित भएका पाइएको समाचारमा जनाइएको छ। हेबेइ, ग्वांगोग र जिलिनमा ती सङ्क्रमित पाइएका हुन्। पछिल्लो समयमा चीनले कोरोनाको परीक्षणलाई तीव्रता दिएको जनाएको छ।

चिन कै वुहान बाट भएको कोरोना संक्रमण ले पुरै बिश्व नै त्रास मय भयो तर अहिलेसम्म चीनको वुहान स्थित ल्याब बारेमा अनुसन्धान न हुँदा कोरोना उत्पत्ति बारेमा अन्योल छ । यसमा चीनले कति सहयोग गर्न तयार छैन ।

चीनले कोरोनाबाट निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच गर्न सुरु गरेको छ। कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले नागरिकहरुको निरन्तर परीक्षण गरिरहेको बताइएको छ।उत्तरी चीनको हुवे प्रान्तमा पछिल्लो समयमा सङ्क्रमितहरु बढेको पाइएको छ। यसबाट यस क्षेत्रमा पछिल्लो समयमा स्थानीय स्तरमा कोरोना सङ्क्रमण बढेको पाइएको बताइएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x