बेलडाँडीमा गत शनिवार देखि लगातार स्वस्फूर्त युवा र बेलडाँडी बोइज समूहको अगुवाइमा सरसफाई
बेलडाँडीमा गत शनिवार देखि लगातार स्वस्फूर्त युवा र बेलडाँडी बोइज समूहको अगुवाइमा सरसफाई कार्य चलिरहेको छ ।आज (सोमबार) विहान बेलडाँडी प्रवेशको मुख्य चोक क्याम्प सफाईमा नेपाली सेनाको समेत उपस्थिति रहेको थियो ।
युवाहरू का अनुसार बेलडाँडीलाई फोहर मुक्त बनाउने योजना आफुहरुको रहेको बताउदै यसमा सबै पक्षबाट साथ सहयोग र हौसाल प्रदान भइरहेको जनाए । शनिवार देखि शुरु गरिएको अभियानमा चवन्नी वजार, बेलडाँडी बजार र आज क्याम्प चोकमा सफाई गरिएको जनाए । “मैले मेरो घर सफा गरे अब मेरो टोल पनि सफा गर्दैछु, बेलडाँडीलाई सफा बेलडाँडी बनाउने मेरो कर्तव्य” । भन्ने नाराका साथ युवाहरु अघि बढेका हुन ।
आजको अभियानमा बेलडाँडी वडा नं.२ का अध्यक्ष नारद सिंह उर्याल, नेपाली कांग्रेस बेलडाँडी वडा नं.२ का सभापति मदनराज भट्ट, नेपाली सेना,नेपाल प्रहरी, बेलडाँडी ट्रफिक प्रहरी, व्यापारी, ट्याम्पो व्यवसायी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
हामीले समुदायमा सकारात्मक सोचको विकास होस् भन्ने उदेश्यले यस्ता कार्यक्रम गर्न लागेको जनाउदै झिलमिला क्षेत्रमा समेत युवाहरुले सफाई गरिरहेको कार्यक्रम थालनी गर्ने केशव राज जोशीले बताए। जोशीलाई सघाउन को लागि जानकारी पाउने बित्तिकै Beldandi Boy’s का साथीहरु पनि त्यही कार्यक्रम मा हुमिए को भनी Beldandi Boy’s का संस्थापक दिनेश राज भट्ट ले बताउनु भयो । भट्ट र जोशी लाई सघाउन र कार्यक्रम लाई निरन्तरता दिन अगुवा युवा तथा सरसफाई अभियान्ता पदम राज जोशी, विवेक भट्ट, तिकल शाही, प्रकास बिष्ट, नविन बिष्ट, महेश चन्द, विमल नेपाली, बाशुदेव भट्ट र चन्द्र खडका लगायतका अन्य साथी ले साथ दिदै आएका छन् । युवाहरुको यस्तो जिम्मेवारीपनले स्थानीय हर्षित भएका छन् भने , आगामी दिनमा पनि युवाहरूको भूमिका अग्रस्थान मा रहने छ । युवाहरुले चाहे परिवर्तन सम्भव छ । त्यसैले सबै युवा साथी भाइहरूले आ आफ्नो ठाउँ बाट आफ्नो गाउँ समाज को लागि केही समय निकाल्नु जरुरी छ र निकाल्नु हुने छ भन्ने आशा लिएको छु, BELDANDI BOYS का संस्थापक दिनेश राज भट्ट ले भन्नुभयो।
यस्तै गरेर भोलि (मंगलबार)२०७९ कार्तिक ८ गते बिहान ७ बजेदेखि खैरिघाट चौराहा सफाई गर्ने कार्यक्रम रहेकोले सरसफाई कार्यक्रम उपस्थितिका लागि BELDANDI BOY’S ले आग्रह समेत गरेको छ।



