भन्सारमा हुने लुटको विरुद्ध गौरमा बृहत भेला , सिमामा आमनागरिक प्रहरीको छिनछोरले दुखी
लुटकारी प्रावधान हटाएरै छोड़ने प्रतिबद्धता जनाउदै बृहत आमसभा र अन्तरक्रिया सप्पन्न भएको छ ।
आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले भने भन्सारले लुटकारी प्रावधान हटाउन आज रौतहटको गौरमा बृहत भेला एवं अन्तरक्रिया सम्पन्न गरिएको छ । भन्सार छलि नियन्त्रणको नाममा सिमाक्षेत्रमा भईरहेको छिनछोर एवं लुट आतंक बिरुद्ध भएको उक्त भेलाले देशको राजस्व संकलनमा ठुलो सहयोग पुर्याउने विश्वास सहित जनताको जायज मागहरुलाई तुरुन्त सम्बोधन गर्न सरकार समक्ष जोड़दार माग गरेको छ । भन्सारको लुटकारी प्रावधान हटाएरै छोड़ने अठोट गरेका सम्पूर्ण आन्दोलनकारीहरुलाई बिशेष सफलताको हार्दिक शुभकमाना व्यक्त गर्दछु । नेपाल- भारत सिमामा युगौ युग सम्बन्ध रही आएको र एक अर्काको देश जीवन यापन गर्न घरायसी सरसमान लिने लाग्ने गरेको हो । तर भन्सार कर को नाममा हरेक दिन प्रहरी र स्थानीय बिच झडप हुने गरेको छ । लुट्घासोटले जनता दुखी भएका छ्न ।