४ आश्विन २०८३, आईतवार
भन्सार छली गरि ल्याउँदै गरेको सामान प्रहरीद्वारा बरामद
२३ गते कात्तिक २०७८ । बाँकेमा अबैध रुपमा भन्सार छली ल्याउँदै गरेको सामान प्रहरीले बरामद गरेको छ ।
शनिबार नेपालगञ्ज उपमहानगरपालिका १० स्थित भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको लत्ता कपडा, सुर्ती, सुपारी लगायतका विभिन्न सामानहरु करिब एक लाख चौरासी हजार रुपैया बराबरको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
उक्त सम्बन्धमा आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगञ्जमा पठाईएको प्रहरीले जनाएको हो ।
Subscribe
Login
0 Comments


