२५ श्रावण २०८३, सोमबार

भारतको राजस्थान जिल्लाको रोयल सुहागपुरा गाउँमा बिशाल युरेनियमको भण्डार

एसीपी संवाददाता

२८ चैत्र २०७७, शनिबार २३:५१ मा प्रकाशित

काठमाडौं। भारतको राजस्थान प्रदेशको सिकर जिल्लाको रोयल सुहागपुरा गाउँमा बिशाल युरेनियमको भण्डार भेटिएको छ । भारतलाई समृद्धीको नयाँ दिशामा लैजान सक्ने १० हजार टनको युरेनियमको भण्डार भेटिएको हो ।

यहाँका ३ हजार नागरिकलाई तत्काल रोजगारी मिल्ने भएको छ । त्यस्तै यहाँ आणविक शिक्षाका लागि स्कुल, अस्पताल र पानीको ड्याम लगायतको विकास समेत हुने भएको छ ।

अब, युरेनियमको भण्डार रहेको क्षेत्रको १० किलोमिटर वरपर तिव्र विकास हुनेछ । यहाँ अब जमिनको व्यापार अर्थात रियल स्टेट व्यापारीहरुलाई पनि फाइदा हुनेछ ।

यहाँबाट युरेनियम निकाल्नका लागि ८० फिट मुनि एक किलोमिटर लामो सुरुङ निमार्ण भइरहेको छ । त्यस्तै ६ हजार करोड लगानी लाग्ने यो युरेनियम उत्खनन्को काम अबको दुई बर्षभित्र भइसक्ने बताइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x