१३ असार २०८३, शनिबार

भारतको सिरम कम्पनीको खोप कोभिशिल्ड लगाउन माल्दिभ्स सरकारद्वारा अनुमति

एसीपी संवाददाता

१९ माघ २०७७, सोमबार १६:३० मा प्रकाशित

एजेन्सी- कोभीड १९ कोरोनाविरुद्धको भारतको सिरम कम्पनीको खोप कोभिशिल्ड लगाउन माल्दिभ्स सरकारले पनि अनुमति दिएको छ ।

माल्दिभ्स खाद्य तथा औषधि प्राधिकरण(एमएफडीए)ले भारतको सेरम इस्टिच्युट जुन कि बिश्वमै धेरै खोप उप्त्पादन गर्ने कम्पनी मध्य एक रहेकोले उसले बनाइएको खोप लगाउन अनुमति दिएको हो ।

तेहाको स्थानीय सञ्चार माध्यमहरूका अनुसार अत्यावश्यक तथा आपतकालीन अवस्थामा मात्रै सो खोप लगाउन अनुमति दिइएको हो ।

खोप विकास गरेका कम्पनीहरुले नै कोभिशिल्ड खोप आपतकालीन अवस्थामा मात्रै लगाउनु पर्ने बताएकाले आपतकालीन अवस्थाका लागि मात्रै स्वीकृति दिइएको एमएफडीएले जनाएको छ ।

त्यसैगरी १८ वर्षभन्दा कम उमेरका व्यक्ति र गर्भवती महिलालाई पनि यो खोप लगाउन नहुने चिकित्सकहरूले बताएका छन् ।

कोभिशिल्ड खोप लगाएका व्यक्तिमा फरक फरक खालको अप्रत्यक्ष असरहरू देखिन सक्ने र यसबाट डराउन भने नपर्ने चिकित्सकहरुको भनाइ छ । माल्दिभ्सलाई यही जनवरी २० मा भारतले एक लाख खोप दिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x