२० कार्तिक २०८३, बिहीबार

भारतमा नेपाली बिजुली पास , चिनियाँ लगानीको बिजुलि बाईपास

एसीपी संवाददाता

१८ कार्तिक २०७८, बिहीबार ०१:३४ मा प्रकाशित

१८ गते कात्तिक २०७८ । ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट भारततर्फ विद्युत निर्यात थालिएको छ ।

भारतले नेपालबाट बिजुली किन्न थालेसँगै मंगलबार रातिदेखि यस प्रसारण लाइनबाट बिजुली भारत पठाउन थालिएको जनाइएको हो । भारतले सोमबार मात्र नेपाललाई भारतीय बजारमा बिजुली बेच्न अनुमति दिएको थियो ।

अहिले भारतले आफ्नो अनुदानमा सञ्चालित आयोजनाका बिजु्ली मात्र किनेको छ । भारतले गत वर्ष छिमेकी मुलुकबाट बिजुली आयात गर्ने विषयमा बनाएको कार्यविधि अनुसार उसले नेपालमा चिनियाँ लगानीका आयोजनाको बिजुली नकिन्ने देखिएको छ ।

तर, नेपालीले लगानी गरेका आयोजनाबाट भने बिजुली बेच्न कार्यविधिमा कुनै सर्त नराखिएकाले नेपाली लगानीको बिजुली बेच्नका लागि प्राधिकरणले प्रक्रिया थालेको जनाइएको छ ।ईमेज खबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x