१ आश्विन २०८३, बिहीबार

भारतमा हुने अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा झापाको परिवर्तन थिएटरको पनि सहभागिता

एसीपी संवाददाता

२४ भाद्र २०८१, सोमबार १६:४८ मा प्रकाशित

भारतको उडिसा राज्यमा आगामी भदौ २७ देखि असोज १ सम्म आयोजना हुन लागेको ३२औँ इन्डियन थिएटर ओलम्पियाड तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा झापाको परिवर्तन थिएटरले पनि सहभागिता जनाउने भएको छ। परिवर्तन थिएटरले तयार पारेको नाटक ‘त्यो फेरि फर्कला?’ प्रदर्शन हुने भएको हो।

कथाकार भवानी भिक्षुद्वारा लिखित नाटक आगामी भदौ २७ गते उडिसाको पुरीस्थित अन्नपूर्ण नाटक घरमा प्रदर्शन गरिनेछ। उत्कल युवा सांस्कृतिक संघ उडिसाले आयोजना गरेको नाट्य महोत्सवमा भारतका विभिन्न राज्यका दर्जन बढी नाटक सहभागी बन्दै छन्। महोत्सवमा नेपाली भाषाको नाटक एक मात्रै हो।

कविता नेपालले निर्देशन गरेको नाटकमा लोमश पौडेल, गणेश बस्नेत, गगन क्षेत्री, झरना खनाल, दीक्षा मरासिनी, भूमिका न्यौपाने, भावना न्यौपाने र हिलारी पोर्तेलको अभिनय छ। महोत्सवमा सहभागी बन्न परिवर्तन थिएटर झापाको टोली आइतबार साँझ उडिसा प्रस्थान गरेको छ। नयाँपत्रीका

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x