१ आश्विन २०८३, बिहीबार

भारतले फेरि घटाएर पठायो पेट्रोलियम पदार्थ

एसीपी संवाददाता

३१ श्रावण २०७९, मंगलवार १९:३१ मा प्रकाशित

काठमाडौ । इन्डियन आयल कर्पोरेशन आइओसी ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ मूल्य सूची पठाएको छ । मंगलबार आइओसी पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो ।

आइओसीबाट प्राप्त मूल्यमा पेट्रोल प्रतिलिटर १ रुपैयाँ ८० पैसा र डिजेलरमट्टितेलमा समान प्रतिलिटर ४ रुपैयाँ ८० पैसाले घटाएर पठाएको नेपाल आयाल निगमले जनाएको छ । साथै निगमका अनुसार हवाई इन्धनको मूल्य लिटरमा ५ रुपैयाँले घटेको छ ।

मूल्य घटेर आएपछि अब समग्रमा निगमले मासिक ६५ करोड रुपैयाँ घाटा व्यहोर्नुपर्ने बताइएको छ । निगमका अनुसार डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यासमा भने अझै निगमलाई घाटा लाग्ने देखिन्छ । हाल अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य ओरालो लाग्नेने क्रम जारी रहेकोले दोस्रो पटक इन्धनको मूल्य घटेर आएको हो । बजारमा अहिले उपभोक्ताले पेट्रोलको प्रतिलिटर मूल्य १८१ र डिजेलको १७२ रुपैयाँ तिर्दै आएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x