६ मंसिर २०८१, बिहीबार

भारतले भुकम्प पीडितको लागि स्वास्थ्य सामग्री सहित अन्य सामाग्री सहयोग

एसीपी संवाददाता

१९ कार्तिक २०८०, आईतवार १७:५० मा प्रकाशित

बिनय राज त्रिपाठि ,  बाके नेपालगन्ज =  भारतिय जनताले  भुकम्प पीडित नेपाली जनताको लागी पठाइएको स्वास्थ्य सामाग्री सहित अन्य सामाग्री गरि १० टन आज नेपालगन्जको बिमान स्थलमा हस्तान्तरण गरिएको थियो ।    भारतिय राजदुत नवीन श्रीवास्तवले रक्षा मन्त्री पुर्ण बहादुर खडकालाई बाकेको रराझा एयरपोर्टमा हस्तान्तरण गरेका हुन ।  ।स्वास्थ्य सामाग्री  सहित अन्य सामाग्री राजदुत श्रीवास्तवले  रक्षा मन्त्री खडकालाई हस्तान्तरण गर्नु भएको हो ।  आपतकालीन राहत सामग्रीमा भूकम्प प्रभावित मानिसहरुका लागि त्रिपाल, टारपोलिन सिट, कम्बल र स्लीपिङ्ग ब्याग, पोर्टेबल भेन्टिलेटर जस्ता चिकित्सा उपकरण र अत्यावश्यक औषधी रहेका छन् । भारतले स्वास्थ्य सामाग्री ल्याएर नेपालगन्जको बिमान स्थल हस्तान्तरण गर्दै जाजरकोट र पश्चिम् रुकुम पठाईएको हो । नेपाललाई थप आवश्यक स्वास्थ्य सामाग्री छिटो उपलब्ध गराईने भारतिय राजदुतले जानकारी दिनु भयो । शुक्रबार राती आएको भुकम्पका कारण १४९ जनाको ज्यान गएको भने थुप्रै घाईते भएका छ्न । भारतले नेपाललाई आवश्यक सम्पूर्ण सहयोग दिने भन्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन्देश साझा गरेका थिए । भारतबाट स्वास्थ्य सामाग्री सहित अन्य सामाग्री बोकेको ईन्डियन एयर फोर्सको हवाई जहाज सिधै नेपालगन्ज एयरपोर्टमा अवतरण गरेको थियोे । भोलि थप सामाग्री भारत आउने बताईएको छ । भारतिय दूतावासले यस अघि पनि नेपालको काठमाडौं सहित , सिन्धुपाल्चोक , नुवाकोटमा आएको भुकम्पले बिस्थापित भएकाहरुको घर निर्माण लगाएतको सहयोग गर्दै आएको छ ।नेपालमा स्वास्थ्य , शिक्षा , बाटो समेतमा भारत सरकारले निरन्तर सहयोग गर्दै आएको हो ।


स्वास्थ्य सामाग्री हस्तान्तरणका केही झलकहरु 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x