भारतले यही बुधबारदेखि नेपाल,भुटान, माल्दिभ्स, बंगलादेश, म्यानमार र सेसेल्सलाई खोप अनुदानमा दिदै
भारतले आफ्नो छिमेकी मुलुकहरुको लागि साथै भोलिबाट अन्य मुलुक सहित नेपाललाई पनि (कोभीड १९ ) कोरोना भाईरस बिरुद्धको खोप अनुदानमा दिने जानकारी दिएको छ ।
बिश्वको सबै भन्दा धेरै उत्पादन गर्ने भारतिय कम्पनी भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिडविरुद्धको खोप ‘कोभिसिल्ड’ छिट्टै नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालय स्रोतका अनुसार पहिलो चरणमा आउने खोप अनुदानमा दिए पानि दोस्रो चरणदेखि खरीद प्रक्रियाबाट नै आउनेछ । अनुदानमा आउने खोपको परिमाण भने निश्चित भइसकेको छैन ।
भारतले अनुदानमा दिने भनिएको कोभिसिल्ड खोप यसै साता औषधि व्यावस्था विभागमा दर्ता भइसकेको छ ।
भारतले यही बुधबारदेखि नेपाल, भुटान, माल्दिभ्स, बंगलादेश, म्यानमार र सेसेल्सलाई खोप अनुदान दिने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालय स्रोतको अनुसार नेपाल पनि भारतको उच्च प्राथमिकतामा छ ।
‘अहिलेसम्मको तयारी अनुसार यही साताभित्र खोप आउने देखिएको छ’ मन्त्रालयका एक अधिकारीले भने, ‘त्यही अनुरुप हामी तयारीमा लागेका छौं ।’
यसै साता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसंगै स्वास्थ्य सचिव लक्ष्मण अर्याल पनि भारत भ्रमणमा थिए । भ्रमणका क्रममा खोपको विषयमा पनि छलफल भएको थियो । स्वास्थ्य मन्त्रालयले खोप आएको एक साता भित्रै लगाउन थाल्ने गरी योजना बनिसकेको जानकारी दिएको छ । अनलाइन र एजेन्सीबाट




[…] […]