२९ आश्विन २०८३, बिहीबार

भारतीय सहयोगमा निर्माण गरिएको विद्यालय भवनको उद्घाटन

एसीपी संवाददाता

३१ भाद्र २०७८, बिहीबार १५:१९ मा प्रकाशित

३१ गते भदौ २०७८ बिहीबार । मकावनपुरको लिटी खोला, फापरबारीमा । भारतीय सहयोगमा निर्माण गरिएको श्री बागमती निम्न माध्यमिक विद्यालय भवनको उद्घाटन भएको छ ।

बिहीबार मकवानपुर जिल्ला समन्वय समितिका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र वीरगञ्जस्थित भारतीय महावाणिज्यदूत नितेश कुमारले सँयुक्त रुपमा भवन उद्घाटन गरेका हुन् ।

विद्यालय भवनको उद्घाटन भारत सरकारद्वारा स्वतन्त्रताको ७५ औँ वर्षगाँठ मनाउन ‘आजादी का अमृत महोत्सव’ का अवसरमा गरिएको हो ।

८० लाख नेपाली रुपैयाँमा लगातमा बनेको भवनमा भारतले फर्नीचर, सरसफाइ संशाधन पनि अनुदान सहयोग गरेको छ । यो विद्यालय भवन निर्माण सम्बन्धी सम्झौतालाई उच्च महत्व दिइएको थियो ।

श्री बागमती निम्न माध्यमिक विद्यालय २०४६ सालमा मकवानपुर जिल्लाको लिट्टी खोलामा प्राथमिक विद्यालयको रूपमा स्थापना भएको थियो । २०६४ सालमा निम्न माध्यमिक विद्यालयको रूपमा स्तरोन्नति भएको यो विद्यालयमा ३५५ विद्यार्थीहरु पठनपाठन गरिरहेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x