२० कार्तिक २०८३, बिहीबार
भारत सरकारद्वारा नेपाललाई १२ अर्ब नेपाली रुपैयाँ अनुदान दिने घोषणा
काठमाडौं। आर्थिक वर्ष २०२२ / २३ मा भारत सरकारले नेपाललाई ७ अर्ब ५० करोड भारतीय रुपैयाँ अनुदान दिने भएको छ ।
भारत सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०२२ २३ बजेटमा नेपालका लागि करिब १२ अर्ब नेपाली रुपैयाँ अनुदान छुट्याइएको हो ।
गत वर्ष भारतले नेपालका लागि ९ अर्ब ९२ करोड भारु अनुादन छुट्याएको थियो ।
भारतीय वित्तमन्त्री निर्मला सीतारमणले मंगलबार प्रस्तुत गरेको वित्त वर्ष २०२२÷२३ को बजेटमा विदेश मन्त्रालय अन्तर्गत भारतले विभिन्न मुलुकहरुलाई दिने अनुदान रकम छुट्याएको हो ।
भारतले सबैभन्दा बढी अनुदान रकम भुटानलाई छुट्याएको छ । भुटानलाई २२ अर्ब ६६ करोड भारु दिने भएको छ । भारतले अफगानिस्तानलाई २ अर्ब, बंगलादेशलाई ३ अर्ब, श्रीलंका २ अर्ब, माल्दिभ्सलाई ३ अर्ब ६० करोड, मंगोलियालाई १२ करोड र अफ्रिकी मुलुकलाई २ अर्ब ५० करोड भारतीय रुपैयाँ छुट्याएका छन् ।
Subscribe
Login
0 Comments


