३ आश्विन २०८३, शनिबार

भेरीमा थप तीनजनाको मृत्यु

एसीपी संवाददाता

१४ असार २०७८, सोमबार ०४:०१ मा प्रकाशित

कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा थप तीनजनाको मृत्यु भएको छ । दैलेख, प्यूठान र दाङका तीन जना पुरुषको आज विहान मृत्यु भएको हो ।

झिमरुक गाउँपालिका–३ प्यूठानका ३८ वर्षीय पुरुष, घोराही उपमहानगरपालिका–११ दाङका ६८ वर्षीय पुरुष र आठविस नगरपालिका–४ दैलेखका ७३ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन समितिका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

प्यूठानको पुरुषको एक बजे, घोराहीका पुरुषको २ः३५ बजे र दैलेखका पुरुषको ३ः१५ बजे मृत्यु भएको हो ।

योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ३ सय ६१ जना संक्रमितको मृत्यु भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x