१२ असार २०८३, शुक्रबार

मच्छिन्द्रनाथको हस्तक्षेप विरोधमा रौतहटमा प्रदर्शन

एसीपी संवाददाता

२१ भाद्र २०७७, आईतवार ०२:५९ मा प्रकाशित

ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथयात्रा गर्न लाग्दा हस्तक्षेप गरेको विरोधमा रौतहटमा प्रदर्शन भएको छ ।

नेवार समुदायमाथि सरकारले दमन गर्न खोजेको आ’रोप लगाउँदै नेपाल विश्व हिन्दु महासंघ जिल्ला कार्य समिति रौतहटले प्रदर्शन गरेका हुन्।

भाइरसको महामारीकाबीच रथयात्रा गर्न खोजिएपछि बिहीबार प्रहरीले पुल्चोकमा हस्तक्षेप गर्दै रथ नियन्त्रणमा लिएको थियो । सो क्रममा झ’डप हुँदा केही प्रहरी र प्र’दर्शनकारी घा’इते भएका थिए । महासंघका रौटहट जिल्ला अध्यक्ष त्रिभुवन ओझाको नेतृत्वमा गरूडामा भएको प्रदर्शन सहभागीहरूले हिन्दु धर्म, संस्कृति, परम्परा तथा रितीथितिलाई पाखा लगाउँदै राज्यले अन्य धर्म संस्कृतिलाई प्रबर्द्धन गर्न खोजेको आ’रोप लगाएका थिए ।श्रोत कंचनजग्गा

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x