१२ असार २०८३, शुक्रबार

मछिन्द्रनाथको रथ तान्ने विवाद तनावपुर्ण स्थितीमा

एसीपी संवाददाता

२० भाद्र २०७७, शनिबार १०:२३ मा प्रकाशित

ललितपुरका विभिन्न ठाउँमा भाद्र २६ गतेसम्म पाँच जना भन्दा धेरै मानिस भेला हुन निषेध गरिएको छ ।

मछिन्द्रनाथको रथ तान्ने विवादपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले ललितपुरको केहि क्षेत्रमा मानिसहरुलाई भेला हुन रोक लगाएको हो रातो मच्छिन्द्रनाथ रथ रहेको आसपास क्षेत्र पूर्व मदन स्मारक स्कुल अगाडिको चोक, पश्चिम ललितपुर महानगरपालिका कार्यालय, दक्षिण सेन्ट जेभियर्स स्कुल अगाडिको चोक र उत्तर बखुण्डोल चोकमा भेला वा जम्मा हुन नपाइने प्रशासन कार्यालयले जनाएको छ ।
यस्तै, मीननाथको रथ रहेको आसपास क्षेत्र अर्थात पूर्व मंगलबजार चोक, पश्चिम मदन स्मारक स्कुल अगाडिको चोक, दक्षिण पूर्णचन्डी मन्दिर र उत्तर पिमवहालसम्म भेला जम्मा हुन नपाइने पनि प्रशाशनले जनाएको छ ।
निषेधाज्ञकाबीच बिहीबार रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र केहि युवाहरुबीच झडप भएको थियो भने शुक्रबार जिल्ला प्रशासन कार्यालय ललितपुरले ललितपुर महानगरभित्र कफर््यु आदेश जारी गरेको थियो ।
विवादपछि रातोमन्छिन्द्रनाथको जात्रालाई छोट्टाउने सहमति भएको थियो ।

गत भाद्र १८ गते प्रशासनले कफ्यू आदेश गरेको थियो । जिल्ला प्रशासन कार्यालय, ललितपुरले चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको छ । रातो मत्स्येन्द्रनाथको रथयात्रालाई लिएर पुल्चोक क्षेत्रमा दिनभर तनाव भएपछि प्रशासनले विहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले जानकारी दिए । अब केही दिनमा मै मलमास सुरु हुने र त्यस अवधिमा रथयात्रा गर्न नहुने भएकाले छिटो गरेर भए पनि जात्रा संचालन गर्न उनीहरुले माग गरेका छन् ।

प्रदर्शनमा उत्रिएका युवाहरुले रथयात्र सुनिश्चीत गर्नुपर्ने, रथयात्रामा कसैको हस्तक्षेप हुन नहुने लगाएतका प्लेकार्ड प्रदर्शन गरेका छन् । यसबीच पुल्चोकमा रहेको रातो मछिन्द्रनाथको रथलाई युवाहरुले तान्ने प्रयास समेत गरेका छन् । उनीहरुले रथ रहेको स्थानबाट केहिपरसम्म रथ तानेका थिए । सो क्रममा रथ तान्ने डोरी चुडिएपछि नयाँ डोरी लगाइएको थियो । रथ तान्ने क्रममा सयौको संख्यामा युवाहरु सहभागी भएपछि प्रहरीले माइकिङ गरि कोरोना संक्रमण हुने भन्दै सचेत गराएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x