माओवादी केन्द्रमा प्रचण्डको परिवार मोह छोरी ज्वाइँ केन्द्रिय सदस्य
काठमाडौं – माओवादी केन्द्रले थप ९७ जना केन्द्रीय समिति सदस्यको नाम प्रस्ताव गरेको छ । सोमबार बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ९७ जना केन्द्रीय सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गरेका हुन् ।
उनले आफ्नी कान्छी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्यलाई केन्द्रीय सदस्य बनाएका छन् । यसअघि उनकी अर्की छोरी रेणु दाहाल केन्द्रीय सदस्य बनिसकेकी छन् ।
माओवादीमा २९९ पूर्ण कमिटीमा १५ सदस्य मनोनयनको व्यवस्था छ । त्यस्तै केन्द्रीय प्रतिनिधिका लागि २० जनाको नाम प्रस्ताव गरिएको छ ।
प्रचण्डले ४० जना बनाउन चाहेको भए पनि आकांक्षी बढेकाले हाल २० जनाको मात्र प्रस्ताव गरिएको बताइएको छ । यसअघि माओवादीको महाधिवेशनले २४६ जनाको पदाधिकारीविहीन केन्द्रीय कमिटी घोषणा गरेको थियो । यसपटक पनि पदाधिकारी चयन हुन सकेनन् ।
समानुपातिक र खुलतर्फ
दलित पुरुषतर्फबाट
शंकर दुलाल ठाकुर बिक
टेकबहादुर मिजार
रणेन्द्र बराइली
कर्णबहादुर बिक
रामलाल बिक
दलित महिला
अनिता परियार
दलित महिला युवा
सपना परियार
मुस्लिम पुरुष
अतर हुसेन
रजि हैदर
कोहिद अन्सारी
इश्रार खान
मुस्लिम महिला
शेख चाँद तारा
मधेसी पुरुष
सूर्य नाथ यादव
अशोक जयसवाल
सत्य नारायण भगत
दिलीप शाह
उमेशकुमार यादव
रामसिंह यादव
राधेश्याम पासवान
शिवराम यादव
मधेसी महिला
निशा साह
इन्धु शर्मा
तारा महता
रूबी कर्ण
सुनिता महतो
अनिता हरिजन
सोनिया यादव
खस आर्य महिला
भेषकुमारी रावत
भवानी थापा
कञ्चन खनाल
गंगा दाहाल
कमल नहकी
करूणा बस्नेत
सीता आचार्य
जनजाति पुरुष
देवेन्द्र श्रेष्ठ
क्षेत्रबहादुर श्रेष्ठ
कुशल लिम्बू
दीर्घ श्रेष्ठ
धनबहादुर मास्की
दिनेश महर्जन
राजकाजी महर्जन
रञ्जित तामाङ
सत्यनारायण शेरचन
भीमकुमारी बाड्खा
जनजाति महिला
पार्वती पुन
दिलमाया रोका
दुर्गा राई
सिर्जना तरामु
मधेस थारू पुरुष
विजय महतो
बिनिता थारू


