३ आश्विन २०८३, शनिबार

माध्यामिक विद्यालयमा अध्ययनरत १७३ जना छात्राहरुलाई साइकल हस्तान्तरण

एसीपी संवाददाता

१९ श्रावण २०७८, मंगलवार ०८:३३ मा प्रकाशित

नेपालगञ्ज उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई साइकल उपलब्ध गराएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सल्यानीबागस्थित कन्या माध्यामिक विद्यालयमा अध्ययनरत १७३ जना छात्राहरुलाई आज साइकल हस्तान्तरण गरिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, शिक्षा महाशाखा प्रमुख गोर्खवहादुर थापा, कार्यपालिका सदस्य इन्दिरा शाही, शिक्षाविद् किरण आचार्य, जिल्ला समन्वय समितिका सदस्य चेतवहादुर घर्ती लगायतले विद्यार्थीहरुलाई साइकल हस्तान्तरण गर्नुभयो । नगर प्रमुख राणाले उपमहानगरपालिकाले छात्रा विद्यालय सञ्चालन गरेको र छात्रा कलेज सञ्चालनको तयारीमा लागेको जानकारी दिनुभयो ।

कन्या विद्यालय पछिल्लो समय नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गरिरहेको छ । गरिव तथा विपन्न समुदायका अधिकांश बालिकाहरु विद्यालयमा अध्ययनरत रहेका छन् । साइकल प्राप्त गरेपछि विद्यालय आवतजावतमा सहजता हुने अपेक्षा गरिएको उपप्रमुख थापा मगरले जानकारी दिनुभयो ।

मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत् विपन्न छात्राहरुलाई साइकल वितरण गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाले यसअघि १६८ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई पनि साइकल सहयोग गरेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x