१३ असार २०८३, शनिबार

मासिक गजल गाेष्ठीकाे ५ सय ८३ओैं श्रृङखला सम्पन्न ।

एसीपी संवाददाता

१७ फाल्गुन २०८१, शनिबार १७:२५ मा प्रकाशित

-अमन अन्सारी, फाल्गुण १७, नेपालगञ्ज ।
अदबी संगठन “गुल्जार-ए-अदब’ नेपालगञ्जकाे ५ सय ८३ओैं मासिक कवि गाेष्ठी “तरही नशिस्त” प्रख्यात शायर अब्दुल लतीफ “शाैक” काे अध्यक्षतामा नेपालगञ्जको महेन्द्र पुस्तकालयमा सम्पन्न भएकाे छ । कार्यक्रमको तरही मिसरा थियो: “दिवाना है दिवाने से पर्दा न करेंगे”।
कार्यक्रममा विभिन्न शायरहरूले आफ्नो उत्कृष्ट रचनाहरू प्रस्तुत गरेका थिए । जस्मा शायर अब्दुल लतीफ “शौक” ले -“हम कर के माेहब्बत तुम्हें रुसवा न करेंगे, “साै गम भी अगर दाेगे ताे शिकवा न करेंगे”, सैय्यद अशफाक रसूल हाश्मीले-“ताेडेंगे अगर दिल ताे वह अच्छा न करेंगे, हम ऐसी माेहब्बत से भी पर्दा नकरेंगे”, मुस्तफा अहसन कुरैशीले-“कमजरफ से दु:ख दर्द का चर्चा न करेंगे, हम इजज्ते नामुस काे रुसवा न करेंगे”, नुरुल हसन राईले,-“करता ही रहेगा मेरा दिल जिक्र हमेशा, गुल्शन तेरी यादाें कि महेकते ही रहेंगे”, मोहम्मद आरिफ अन्सारीले,-“मतलब के लिए कोई भी सौदा न करेंगे, माँ-बाप मेरी जान हैं, रुसवा न करेंगे”, मेराज अहमद “हिमालय”ले,-“मर जाऐंगे ईमान का साैदा न करेंगे, हम तेरी माेहब्बत काे भी रुसवा न करेंगे”, समीर अली बेहनाले,-“पढा है जब से मैने हजरते अय्युब का किस्सा, अहद कर लिया की तुझ से काेइ शिकवा न करेंगे” शिर्षकका गजलहरु वाचन गरेका थिए ।
मासिक गजल गाेष्ठीकाे अध्यक्षता गरिरहनु भएका अब्दुल लतीफ शाैकले-उर्दु भाषाकाे गजल मुस्लिम समुदायकाे मात्र नभएर याे सम्पूर्ण मानव जातिकाे रहेकाे बताउनु भयाे ।
सद्भावकाे शहर नेपालगञ्जमा उर्दुमा गजल लेख्ने र वाचन गर्ने वैश्य समुदायका श्याम लाल र मुरली बैश्यकाे पनि चर्चा गर्नु भयाे ।
उर्दु भाषा र साँस्कृतिक उत्थानका साथै सामाजिक उत्थानमा मद्दत पुर्याउन युवा पुस्तालाई अग्रसर हुन शाैकले आह्वान गर्नु भयाे ।
प्राध्यापक मकसूद अहमद रंगरेजले “गुल्जारे अदब” काे मासिक गजल गाेष्ठीले साँस्कृतिक उत्थानका साथै स्थानीय साहित्यिक परम्परालाई अघि बढाउन गरेको योगदानकाे प्रशंसा गर्नु भयाे ।
नेपालगञ्जमा हुने कार्यक्रममा साहित्यिक सौन्दर्य र शायरहरूको प्रतिभा उजागर गर्ने थलाेकाे रूपमा ल्याउन समीर अली बेहनाले जाेड दिनुभयाे ।
कार्यक्रममा हाजी जाकिर हुसैन, आशिम सरवर, अरमान अन्सारी, अनस अन्सारी लगायत व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी अन्य कवि ‘शायर’हरूले पनि आफ्ना गजलहरू प्रस्तुत गरेका थिए । मासिक गजल गाेष्ठी शायर मुस्तफा हसन कुरैशी “अहसन”ले सञ्चालन गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x