मिथलाको चर्चित गायक भागवत मंडल र सोनीको “आहाँ हमरामे समाजाउ“ बोलको गित सार्वजनिक हुँदै
राम प्रकाश महतो । मिथलाको चर्चित गायक भागवत मंडल र सोनीको “आहाँ हमरामे समाजाउ“ बोलको गित सार्वजनिक हुन लागेको छ ।
मिथिला क्षेत्र कला सस्कृतिमा निकै उर्भर भुमि हो । यहि क्षेत्रबाट उदाएर नेपाली मुलधारको कलाकर्ममा पनि थुप्रै कलाकारहरुले राज गरिरेहेका छन । यहि क्रममा मिथिला क्षेत्रको अपार माया समेटिएको एक गीत आहाँ हमरामे समा जाउ“को म्युजिक भिडियो सार्वजनिक हुन लागेको छ । भिडियो को छायाँकन सम्पन्न गरी आउँदो शुक्रबार अर्थात २०२१ जनवरी १ को दिन रिलिज गर्ने तयारी गरिएको हो । पानेरोमा मुविजको बैनरमुनि निर्माण भएकोै भिडियोमा मिथलाका चर्चित मोडेल अरुण कान्त र नायिका रीस्ता बस्नेतको अभिनैय रहेको छ । राकेश साह र अमित कुमार झा प्रोडयुसर रहेको यस गीतको भिडियो संजय साहले निर्देश गरेका छन् । श्याम ध्रुवको शब्द रचना रहेको गीतमा पारसमनीले सँगीत सजाएका हुन । गितको छयाँकन राजिब सँगम आरके र सम्पादन बन्दे प्रसादले गरेका छन् ।मनोज स्टुडियोको पोष्ट प्रोडक्सनमा रिलिज हुन गइरहेको सो गीती भिडियोको लागि लक्ष्मण मण्डल र आदी अधिकारी एक्सीक्युटिभ प्रोडयुसरको रुपमा रहेका छन । लक्ष्मन ईन्टरटेनमेनट youtube च्यानल बाट रिलिज हुने जनाएका छन् ।



