३ आश्विन २०८३, शनिबार

मुलुकमा महिला हिंसा बढ्दै गएको भन्दै सरोकारवालासंग छलफल

एसीपी संवाददाता

३ फाल्गुन २०७७, सोमबार ०३:१२ मा प्रकाशित

राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले मुलुकमा महिला हिंसा बढ्दै गएको भन्दै सरोकारवालासंग छलफल गरेको छ ।

आइतबार सिंहदरबारमा बलात्कार, हत्या लगाएतका हिंसाका घटनालाई न्युनिकरण तथा पूर्णरुपमा अन्त्य गर्ने प्रयासका बिषयमा सरोकारवालासंग सुझाव पनि लिएको छ । छलफलमा सहभागी सरकोकारवाला निकायका प्रतिनिधिहरुले महिला हिंसामा संलग्नलाई कारवाही गर्न कडा कानुन बनाउनुपर्नेमा जोड दिएका थिए ।

कमजोर कानूनकै कारण अपराधीहरु स्वतन्त्र रुपमा खुलेआम हिडिरहेको भन्दै उनीहरुले हदैसम्मको कारवाहीको व्यवस्था कानूनमा राखिनुपर्ने बताएका थिए ।

छलफलमा समितिका सभापति दिल कुमारी रावल थापा (पार्वती) ले महिला हिंसालाई सधैका लागि अन्त्य गर्ने बिषय चूनौतिको रुपमा आएको बताउनुभयो । उहाले भागिरथी हत्या देखि महिलालाई बिभेद गर्दै ल्याउन लागिएको अध्यागमन सम्बन्धी कानूनका बिषयमा पनि सरकारको ध्यानाकर्षण गराएको जानकारी दिनुभयो ।

समितिले सरोकारवाला निकायबाट आएका सुझाव, चासो र सरोकारमा सरकारी प्रतिनिधिहरुसंग छलफल गर्ने जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x