मुस्लिम समाजद्वारा आज पांचौ चरणको राहत खाद्यान वितरण
नेपालगंज मुस्लिम समाजले आज पांचौ चरणको राहत खद्यान वितरण गरेको छ । नेपालगंज उपमहानगरपालिकाका विभिन्न वडा टोल तथा राझा एयरपोर्ट नजिक मनकामना ग्यांस उद्योग पछाडी का अति बिपिन्न गरीब असहाय दैनिक मजदूरी गरि खाने जो हालको लकडाउन कोरोना महामारी कारण भोखमरी महामारी बाट ग्रसित रहेकाछन उनको घर खोजी गर्दै राहत खद्यान बाडेका हो ।
राहत खद्यान
चावल 10kg दाल 2kg आटा पिठो 1बोरी खाने तेल 1ltr सोयाबीन 1पैकेट चिनी 1kg निशुल्क घर- घर गयेर खोजी गर्दै वितरण गरेको हो ।

राहत बितरण गरिएको मुख्य स्थान गणेशपुरको बसपार्क नजिक टोल,त्रिभुवनचोक नजिक, श्रृष्टि हल नजिक, वडा नंम्बर 11 को पसांग ल्हामुमार्ग, र नाका टोल, बाल्मिकी टोल, रानितलाउ नजिक, रामनगर बच्चुपुर्वा ,तथा साई मन्दिर नजिकका अति गरीब दयनीय अवस्थामा जीवनयापन गर्दै आएका अस्हाय गरीब मजदूर हरूमा राहत खद्यान बितरण गरेका हुन ।
आजको पांचौ चरणको राहत खद्यान बितरणमा सहभागिता नेपालगंज मुस्लिम समाजका अध्यक्ष हकीम हल्वाई,मुन्नामंसूरी,मेराज अहमद हिमालय, बाबुनेता, ज्याउलहक हल्वाई,फिरोज वारशी, रहीश हल्वाई, सारीकअली को सहभागिता नेतृत्वमा राहत खद्यान विभिन्न ठाउहरूमा राहत वितरण गरिएको हो ।


