८ आश्विन २०८३, बिहीबार

मेयर पदका उम्मेदवार पशुपति दयाल मिश्रको प्रतिबद्धता

एसीपी संवाददाता

२२ बैशाख २०७९, बिहीबार १४:३३ मा प्रकाशित

2054 सालमा हिरमिनिया गा वि स अध्यक्ष, 2054 सालमा नै गा वि स महासंघ को अध्यछ, 2063 सालमा जि वि स सभापति, 2066 सालमा सुकुमबासी समस्या समाधान आयोग को केन्द्रिय सदस्य र बांके बर्दिया इन्चार्ज,त म लो प को केन्द्रिय सदस्य र सहमहामन्त्री, नेपालगन्ज विश्वविद्यालय संघर्ष समिति को सह संयोजक र संयोजक लगायतका पदमा हुन्दा मैले गरेको काम हरु सबै लाई बिदित नै छ, उक्त पदमा हुन्दां मैले गरेको कामले मेरो इमानदारिता र संक्षमता को मुल्यांकन गर्ने ठाउँ हरु छ, 2054 देखि 2078 सम्म म पुर्ण रूपले राजनीति म छु , यी 28 बर्ष को अवधि मा मैले नेपालगन्ज र बांके को विकास को लागि मैले खेलेको भुमिका को बारेमा मैले भनि राख्नु पर्छ जस्तो लाग्दैन तपाईं हरू स्वयम् जानकार हुनु हुन्छ, म ने क पा एमाले को केन्द्रिय सदस्य छु र नेपालगन्ज उप महानगरपालिका को मेयर पदको उम्मेदवार छु, म २०६७ साल देखि केन्द्र को राजनीतिमा छु, नेपालगन्ज को बिकास को लागि केन्द्र र प्रदेश मा पकड भएको नेतृत्व को आवश्यकता पर्छ मलाई आर्को नेता को पछि लागेर काम गराउने बाध्यता छैन म स्वयं सक्षम छु, नेपालगन्ज को बिकास को लागि म संग दृष्टिकोण छ र कार्यान्वयन गराउन सक्ने क्षमता छ, तपाईं हरूले बिभिन्न समयमा परिक्षण गरी सक्नु भएको छ, नेपालगन्ज लाई समृद्ध र समुन्नत बनाउन को लागि सुर्य चुनाव चिन्हमा मतदान गरौ, नेपालगन्ज वासी को शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग, बाणिज्य को हब र ग्रीन सिटि र स्मार्ट सिटी को आधार निर्माण गरने सपना साकार गर्न को लाई एक पटक नेपालगन्जको नेतृत्व गर्ने अवसर प्रदान गर्न सबै लाई आग्रह गर्दछु

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x