मेरो उम्मेदवारी स्व. सुशील कोईरालाको बिरासत बचाउनलाई – सिग्देल
ईतिहास सबैले कोर्न सक्दैन , जस्ले कोर्छ उ अजम्मरी रहन्छ इतिहास बन्छ । बाँके नेपालगन्जका स्व. सुशील कोइराला यस्ता व्यक्ती हुन जसको जिवन लोकतन्त्रका लागि संघर्षरत रह्यो । संघर्षकै उपलब्धि उनी देशकै ठूलो लोकतान्त्रिक दल नेपाली कांग्रेसको केन्द्रिय सभापति मात्र भएनन उनि मुलुकको प्रधानमन्त्री पनि बने । त्यति मात्र होइन आज हामी जुन देशमा बसेर जुन ब्यबस्था अंगिकार गरेका छौ त्यो देशको मुल कानुन अर्थात संविधान निर्माता पनि पनि बन्न पुगे जुन आफैमा एउटा इतिहास हो ।
उनको सादगी जीवन सबैलाई अनुकरणीय छदैछ । बाँके , नेपालगन्ज लाई राजनैतिक कर्म थलो बनाएर देशको सर्वोच्च शिखर चुम्ने उनी पहिलो व्यक्ती हुन , भविष्यमा यो संयोग विर्लय नै होला । समग्रमा स्व.कोइराला एउटा ईतिहास,गौरब र परिचय हुन ।
स्व.कोइराला बाँके क्षेत्र नँ २ बाट प्रतिनिधि सभाका लागि प्रतिनिधित्व गर्नुहुन्थ्यो अर्थात यो निर्वाचन क्षेत्र स्व.कोइरालाको विरासत हो । ०७४ को निर्वाचनमा पनि उनको यो विरासत राप्रपाको नाउँमा वली चढाइयो ।०७९को निर्वाचनमा पनि जसपाको नाउमा वलि चढाइदैछ । कांग्रेस र स्व. कोइरालाको शुभेच्छु भएको नाताले मेरो बुझाइमा बाँके २ मा नेपाली कांगेसले स्व. कोइराला , यहाँका मतदाता र उनका शुभेच्छुको सम्मानार्थ नेपाली कांग्रेसले उम्मेदवार र उम्मेदवारी दुबै दिनु पर्थ्यो । ०७४ मा दिइएन एउटा परिस्थिति बन्यो होला भनियो ,०७९ मा पनि अर्कैलाई दिने निर्णय लगभग गरिएको छ । यो निर्णय स्वयं स्व.कोइराला, जिल्लाको गौरवमय ईतिहास , कोइरालाका मतदाता , नेपालगन्जवासी र बाँके कांग्रेसको घोर अपमान हो ।
स्व. कोइराला राष्ट्रका ईतिहास हुन ,सम्पत्ती हुन ,नेपालगन्जका स्वभिमान हुन उनि र इतिहास अनि नेपालगन्ज र उनको निर्वाचन क्षेत्रको सम्मानका लागि मेरो उम्मेदवारी #जयनेपाल / समाजिक संजाल फेस्बुक बाट



