मेरो २३ बर्ष राजनीतिक र समाजिक लगानीको फेरि अर्को सफलता
बिनोद थारु – मेरो २३ बर्ष राजनीतिक र समाजिक लगानीको फेरि अर्को सफलता । म मंत्री, संसद बनम य नबनम मेरो लागि कुनै सरोकारको बिषय बस्तु भएन । म जहिले पनि मुलुक, समाज र पार्टीको हितको लागि नितान्त निस्वार्थ भवनाले आफ्नै बाउ बाजेको सम्पत्ति बेचेर भए पनि निरन्तर लागि रहे, रहेकोे छु र रहि रहने छु। मेरो पहिलो सफलता :- २०५७ श्रवण २ गते पुर्ब प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति अदारणिय शेर बहादुर देउवा ज्यु, को पहलमा कमैया मुक्ति घोषणा भयो र त्यस घोषणा पश्चात् त्यतिबेला म १८ बर्ष मात्र भए पनि कोहलपुर फरेलाका शुरेश चौधरी लगायत हामी कमैयाका बालबालिका हरु लाई निशुल्क शिक्षाको अभियान चलायों र ती कयौं बालबालिका हरु आहिले सरकारी वाकिल देखि राजनितीज्ञ, राष्ट्रिय, अन्तरास्ट्रिय स्तरमा ख्याति प्राप्त गरे यसकारण यो अभियानमा म सफल भए ।
दोस्रो सफलता :- ०६२/०६३ जनआन्दोलन तात्तिएको थियो। त्यतिबेलामा म त्रिचन्द्र कालेज, काठमाडौका नेपाल विद्यार्थी संघको ईकाई कमिटीका सचिबलय सदस्यको जिम्मेवारी पाएको थिए । त्यतिबेला हाम्रो त्रिचन्द्र क्याम्पसका आन्दोलनका नेतृत्व सरोज थापा ( दाई ) को साथमा हामी सडकमा थियो भने गगन थापा ( दाई ) हाल नेपाली कांग्रेसका महामन्त्री पनि हुनुहुन्छ उहाँ गणतन्त्रको वकालत गर्दा राजद्रोह मुद्दा लगाईयो हामी त्यतिबेला नितान्त त्रिचन्द्रका विद्यार्थी गगन दाईको पक्षमा आन्दोलनको आँधीबेरी नै आयो । पछि गणतन्त्र को अवाज लिएर गगन थापा नागरिक समाज बाट कृष्ण पहाडी, कणक मणि दिक्षित हरुको साथमा र ०६२/०६३ को आन्दोलनको नेतृत्व नेपाली कांग्रेस पुर्ब सभापति तथा पुर्ब प्रधानमन्त्री गिरिजा बाबुको नेतृत्वमा थियो । ०६२/०६३ , जनआन्दोलन संघिय लोकतान्त्रिक गणतन्त्र सफल भयो ।
तेसो सफलता:- संघिय लोकतान्त्रिक गणतन्त्रको उदय भए पछि मुकुक संघिय संरचना र स्थानिय निकायलाई विभिन्न इतिहास देखि पहिचान र शाहिदको नाम बाट नामकारणको सवालमा राजनीतिक खिचातानी, तर्क बितर्क र table talk बावाजुद मेरो आफ्नै (बिनोद थारु) हाल नेपाली कांग्रेस, बाँके सहासचिवको नेतृत्वमा मेरो गाउँ पालिकाको नामकारण बाँके जिल्लाका किसान आन्दोलनका २००७ सालका क्रान्तिकारी योद्धा प्रथम !शाहिद बैजनाथा थारुको नाम बाट बैजनाथ गाउँपालिका नामकारण गरियो ।
चौथो सफलता:- थारु कल्याणकारिणी सभ!बाँकेको ९औं अधिबेशन बाट थाकस, बाँकेको जिल्ला सदस्य निर्बाचित हुँदा हामी तहगत आन्दोलन पहिचान, अधिकार, समाबेशी, पुर्णसमानुपातिक समाबेशी लगायत विभिन्न एजेन्डा बावजुद सडक आन्दोलन गरियो। ती माग मुद्दा समाबेश हुने गरि नेपाल को संविधान २०७२ जारी भयो। तर ती संबिधानको कयौं धारा उपधारा कार्यनयन भएन। १०औं अधिबेशन बाट म थाकस, बाँकेको जिल्ला सभापति निर्बाचित भए र संबिधानको आधुरो कार्य तत्कालीन थाकस महामन्त्री र बर्तमान थाकस केन्द्रिय सभापति प्रेमी लाल चौधरीको नेतृत्वमा हामी विभिन्न बिधा अनुसार दबाब मुलक बाँके जिल्लामा मेरो नेतृत्वले आन्दोलन गर्दै आयो हामी त्यस आन्दोलनमा पटक पटक जेल हिरासत र झडप हुदै आफ्नो मिशन पूरा गर्दै गयो । थाकस, केन्द्रले ५४ वटा मुद्दा दर्ताको साथै पटक पटक प्रधानमन्त्री, कानुनमंत्री र गृहमन्त्री ठुला राजनीतिक दलका सभापति हरु लाई ज्ञापन पत्र बुझाईयो । सबै मुद्दा थाकस परिवारको पक्षमा सम्मानित अदालतले निर्णय गर्यो। थारु कल्याणकारिणी सभाको पक्षमा वाकलत गर्ने केहि कानुन पारिश्रमिक बापत २६ जिल्ला भरिमा सब!भन्दा बढी मेरो नेतृत्व बाँके, जिल्ला बाट नै ब्यवस्थापन गरेको जानकारी पनि गराउन चहान्छु। विभिन्न कालखण्डको थारू को माँग मुद्दामा केन्र्दिय अध्यक्ष लगायत सम्मानिय प्रधान मन्त्री के.पी. ओली ज्यू र पुर्ब प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा लाई आरक्षणको कोटा कार्यान्यन गर्न को लागि ध्यानाकर्षन पत्र मिति २०८२/३/१५ गते राज्य पक्षले थारू कोटा लगायत सबै निजामतिसेवा लगायत प्रहरी सेनामा २०८२ बिधेयक पास भएकोमा राज्य पक्ष लाई था क स केन्र्दिय समितिको तर्फबाट धन्यबाद तथा अभार ब्यक्त गर्दा छौं ।
बिनोद थारु, केन्द्रिय सदस्य थारु कल्याणकारिणी सभा, काठमाडौ ।


