यसकारण गाई संरक्षण गरौं ‘
आधुनिक विज्ञानले पनि के कुरालाई स्विकारेको छ भने सृष्टिको आदीकालमा भूमध्ये रेखाको दुवै तर्फ तातो भूखण्ड उतपन्न भएको थियो । जस्लाई जाम्बद्विप भनेर चिनिन्छ । त्यही जाम्बद्विपमा दुई पाउ भएका र चौपाया हिंड्ने प्राणी अर्थात Ungulate Mammal पाइएका थिए । त्यही जाम्बद्विपमा मानव र गाईको उत्पत्ति भएको मान्यता छ ।
रिचार्ड डाकिन्सको पुस्तक द सेल्फिशन जीन , उक्त पुस्तकको मूल आशय गुण सूत्र अनुसार डीएनए अनुवाशिंक गुणको विषयमा एक पीढीबाट अर्को पीढीमा स्थानान्तरण हुन्छ भन्ने हो । न्युक्लियोटाइडओको अनुक्रम नै जिन अर्थात GENE हो । जहाँ प्रोटिनको संश्लेषणको काम हुन्छ । अनुवांशिकता शरिरको इकाई हो ।
हिन्दू मान्यतामा गाई ति हुन जो सागर मंथन गर्दा उत्पन्न भएकी कामधेनु थिइन । जो हरेक इच्छा पुरा गर्न सक्ने हुन्छिन् । हामी त्यही मान्यता अनुसार गौमाता भनेर पुजा गर्ने गर्दछौं ।
ब्रम्हाले कामधेनुलाई एक ऋषीको जिम्मा लगाउँदै कामधेनुको दिव्य अमृत पंचकव्यको प्रयोग आध्यात्मिक अनुष्ठानसँगै पुरै मानव कल्याणका लागी प्रयोजनमा ल्याउन सक्ने सुझाए ।
अहिले विश्व भरी पाइने गाईको अधिक संख्या पनि वर्ण शकंरका रुपले मानव निर्मित काउ COW हुन् । यता भारतीय उपमहाद्विपमा पाइने मूल नश्लका गाईका बशंज सुंदरकुबड र रेगलकबंल हुन् । तर अर्का तर्फ भनिने COW को उत्पत्ति URUS नश्लका जंगली जनावरको वर्ण शंकर हो । जस्लाई BOS TAURUSS नश्लका नामले पनि चिनिन्छ । अणुवशंको संशोधित रुप जिएम Genetic Modified बाट नयाँ नश्लका COW मानव निर्मित हुन् । सोझो र बुझिने भाषमा हामी जर्सी गाई भनेर जस्लाई चिन्छौं । यस्ता प्रजातिका जनावरले दूध प्रसस्तै मात्रामा दिन्छन् । युरोप र अमेरीकामा यीनको उत्पादन दूधका अलावा मासुका रुपमा पनि प्रयोजनमा ल्याइन्छ । ति गाई होइनन्,।जो मानव निर्मित हुन् । ति व्यावसायीक फाइदाकालागि उत्पादित छन् ।
जिव विज्ञानलाई आधार मान्ने हो भने भारतीय उपमहाद्विपमा मूल गाईमा २ सय ९ तत्व डिएनए हुन्छ । जसमध्ये ६७ औं स्थानमा रहने एमिनोएसिड प्रोलिन Proline पाइन्छ र ६६औं स्स्थानमा एमिनो एसिड आइस्योलुसश रहेको हुन्छ । कुनै कालमा जब यी मूल गाई युरोप स्थानान्तरण हुनथाले पलायनको शुरुवात सँगै मूल गाईको डिएनएमा प्रोलिन एमनिोएसिड हिस्टिडिन Histidine सँग उत्परावर्तित हुन थाल्यो अनि म्युटेशन भयो । अर्थात विज्ञानको भाषमा Mutation भएको मानियो ।
यसरी मूल गाईमा भएको तत्वहरु प्रोलिनको ठाउँमा हिस्टिडिन आउँछ यतिबेला आइस्योल्युसिन रहिरहंदैन् । त्यति नै बेला हामीले खाएको दूध एमिनो एसिड हिस्टिडिसन मानव शरिरको पाचनक्रियामा मिसिन्छ । र एमिनोएसिडको प्रोटीनको BCM7 अर्थात बिटा CASO MORPHINE7 नामाकरण भएको छ ।
अब दूधमा पाइने BCM7 भनेको के हो ?
यो एक प्रकारको मादक पर्दाथ जस्तै तत्व हो । जुन Oxidant को एजेंटका रुपमा मानव शरिरमा दूधको माध्यमबाट दूष्प्रभाव पार्ने तत्व हो । यो BCM7 गुणस्तरको दूधमा पाइन्छ । जुन दूध वर्ण शंकरका विदेशी नश्लका काउबाट पउतपादन हुन्छ । ती काउको उत्पादन विश्व बजारमा दुध र मासुका लागि हुने गर्दछ । ति काउ जस्ले अधिक दूध त दिन्छन् तिनको डिएनएमा प्रोलिन ६७ स्थानमा हुन्छ ।
मानिसको स्वास्थ्यलाई BCM7 तत्व रहित दूध आवश्यकता रहन्छ । त्यस्तो दूधलाई A2 को मान्यता भनिन्छ ।
मुल कुरा भारतीय उपमहाद्विप सहित नेपालको तराई क्षेत्रमा पाइने गाईको दूधमा BCM7तत्व हुँदैन् । अहिले युरोप र अमेरीका A2 को मान्यताको दूधको माग बढ्दो छ ।
मेडीकल साइन्सलाई मान्ने हो भने नवजात शिशुमा Blod Brain Barrier हुँदैन । आमाले स्तनपान गराउँदै गर्दा ३ वर्षको उमेर पछि उक्त Blod Brain Barrier स्थापीत हुँदै जान्छ । जुन भविष्यमा गएर शरिरको रोग प्रतिरोधातमक क्षमतालाई बलियो बनाउन मदतगार सिद्य हुन्छ ।
अहिले बालबालिकामा हुने गरेको Autism बोध क्षमता र Diabetes Type 1 बढ्दो क्रममा छ । त्यसको मूल कारक A1 दूधको प्रयोगले हो जुन दूधमा BCM7 तत्व पाइन्छ । तर मानव स्वास्थ्यलाई चाहिने दूध के हो बुझ्न जरुरी छ । संसारभरी अहिलेको माग पनि दूध A2 दूधको हो । यसकारण पनि गाईको संरक्षण आवश्यक छ ।
खासगरी होलिष्टन फ्रिजयिन नश्लका प्रजातिका काउमा A1 तत्व पाइने गरेको विभिन्न अध्ययन र अनुसन्धानले देखाएको छ । सन् न्युजिल्याण्डले प्रकाशित गरेको Devil in The milk-ilness,health and politics A1 and A2 Milk अध्ययन प्रतिवेशन पुस्तकमा करिव ३० वर्ष लगाएर यो निष्कर्ष निकालिएको
हो ।
अहिलेको विश्व बजारको दूध डेरीको व्यवस्थालाई उक्त अध्ययनले मान्यता दिंदैन । लामो समय सम्म यो विषय समेटिएको उक्त अध्ययनलाई गोप्य राखिएको थियो । वर्ण शंकरका त्यस्ता काउ जस्ले अत्यधिक दूध त दिन्छन तर मानव स्वास्थ्यका लागि त्यो हानिकारक छ । यस्ले संसार भरीको दूग्ध उतपादन र विक्रिलाई ठूलो चुनौति थपेको थियो । छिमेकी देश भारतमा राष्ट्रिय पशु अनुवंशिक संशाधन ब्युरोले यो विषयमा भारतमा पाइने गाइको अध्ययन गर्दा भारतीय उपमहाद्विपमा BCM7तत्व पाइने गाई १५ प्रतिशतको हाराहारीमा मात्रै रहेको अनुमान छ ।
गाईको आवाज बाँ..हुन्छ हाम्रा पौराणीक मान्यताले त्यो त्यो आवाज भनेको माँ हो भन्ने मान्यता राख्दछ । त्यसैले पनि गौ माताका रुपमा संरक्षण गरिन्छ ।
गाईको विषयमा धार्मीक आस्था विश्वास र राजनीतिक कुरा दुवै चल्नेगर्छन छन् । कसैलाई लाग्ला न राजनीतिक कुरा गर्नु छ न त हिन्दू धर्म मान्नु छ । तर पनि उनिहरुका लागी गाईको दूध उपयोगि छ, यसकारण गाईको संरक्षण गरौं । मूलतः करिव १ अर्ब ५ करोड जनसंख्याका आस्थाकी प्रतिमूर्ति हुन गाई ।


