४ आश्विन २०८३, आईतवार

‘ या अल्लाह उइगर मुस्लिम माथी रहम फर्मा ” भन्दै जैसपुर ,बाबूगाउँमा चाहेल्लुम सम्पन्न

एसीपी संवाददाता

१७ आश्विन २०७८, आईतवार १५:३१ मा प्रकाशित

अहिले सम्म चीनमा हुने अल्पसंख्यक माथी अन्यायको बारेमा मौन बसेका युवाहरूले बिस्तारै सचेत हुन शुरु गरेका छ्न १७ गते असोज २०७८ आइतबारबाकेको जैसपुर , बाबुगाउमा आज चहेलुम पर्व सम्पन्न भएको छ । ईस्लाम धर्मावलम्बीहरुको ताजिया , मोहरम पर्बको चालीस दिन पछि मनाउने यो चलिसवा जुन कि अलग अलग स्थानमा अलग अलग मिति मनाउने परम्परा रहेको छ । तर हरेक बर्ष जस्तो मनाउने चलिसवा पर्व यस पटक केही फरक देखिएको छ । नेपाली मुस्लिमहरुले बिश्वमा रहेका ईस्लामिक धर्म मान्नेहरुको शान्तिको कामना गरेका छ्न । ठाउमा ठाउमा ब्यानर लगाएर शुभकामना दिएका छ्न । बाकेको जैसपुर , बाबुगाउ , सहित स्थानमा चलिसवाको शुभकामना दिदै चिनको सिन्ज्याङमा बस्दै आएका उईगर मुस्लिमहरु सलामतिको दुवा गरेका छन । अहिले विभिन्न स्थानमा राखिएको ब्यानरमा ” या अल्लाह उईगर मुस्लिमहरु माथी रहम फर्मा ” भन्ने शब्द लेखेको छ । अहिले बिश्वमै उईगर मुस्लिम पीडित रहेको भन्दै चीनको आलोचना हुन शुरु भएको छ । चिनले उईगर मुस्लिम माथी अत्याचार गर्दै आएको छ । कति पय उईगरलाई यातना दिने गरेको छ । तर पनि पाकिस्तान लगाएत मुस्लिम देशहरूले उइगर मुस्लिम बारेमा मौन बस्दा प्रस्न खडा भएको छ । हालै अफगानिस्तानमा तालिवान सत्तामा आउँदा चिनपुगेका तालिवानि नेताहरुलाई उईगर बारेमा आवाज नउठाउने प्रतीबद्द्ता समेत गराईएको बुझिएको छ । नेपालमा बिस्तारै युवाहरु उईगर मुस्लिम के हो यिनिहरु माथी हुने अन्याय , अत्याचारका बारेमा आवाज उठाउन शुरु गरेका छन । जेहोस मुस्लिम युवाहरुले गरेको प्रयासले सम्पुर्ण मुस्लिम समुदायलाई सचेत गराउने आशा गरिएको एक सहभागीले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x