२१ कार्तिक २०८३, शुक्रबार

यी दर्शकहरुले पाए निशुल्क प्रवेश पास

एसीपी संवाददाता

१८ माघ २०७९, बुधबार १०:३५ मा प्रकाशित

बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा आज बुधबार चर्चित गायिका ज्योती मगर आउने भएकी छन ।

नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा आज गायिका ज्योती मगर, गायिका उमादवी खनाल, डान्सर सिजृना गुरुङ्गको प्रस्तुति रह्ने प्रचारप्रसार समितिका संयोजक भागवत कंडेलले जानकारी दिए । स्थानिय कलाकार गायक असोक रावलको समेत प्रस्तुति रह्नेछ ।

दर्शकको मनोरञ्जन र नयाँ कलाकारहरुको उत्पादन एवं स्थानिय कलालाई प्रवद्र्धन गर्न हरेक दिन लुम्बिनी प्रदेश स्तरीय प्रतियोगिता समेत भईरहेको छ भने आज कुस्तीको यस महोत्सवका लागि अन्तिम प्रतियोगिता रह्नेछ ।

यस अघि मंगलबार चर्चित कलाकार एवं उद्धोषक बिजय पुनले आयोजक मार्फत ज्योती मगरको केही फ्यानहरुका लागि सिमित रुपमा निशुल्क पास वितरण गरेका थिए । उपस्थित दर्शक मध्ये ज्योती मगरको गीत गाउन सक्नेलाई उक्त पास प्रदान गरिएको थियो । यो दैनिक रुपमा वितरण गरिदैछ ।

बुधबार उद्घोषिका प्रेरणा गिरीले गर्ने र एस एम कला केन्द्र ग्रुपको समेत प्रस्तुति रह्ने कार्यक्रम तय भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x