२४ श्रावण २०८३, आईतवार

युवाका लागि प्रेणाका श्रोत हुन , निडर नेतृत्वका ब्रान्ड एम्बेसस्डर – नमस्कार

एसीपी संवाददाता

२४ श्रावण २०८३, आईतवार ०८:१४ मा प्रकाशित

नेपालगन्ज =  सामाजिक जागरण र सुशासनका अभियन्ता नमस्कार शाह देश भरका युवाहरूको लागि प्रेणा श्रोत बनेका हुन ।
नेपालगन्जमा सामाजिक जागरण, सुशासन र नागरिक सचेतनाको क्षेत्रमा निरन्तर सक्रिय व्यक्तित्वका रूपमा नमस्कार शाह परिचित हुनुहुन्छ। उहाँ बागेश्वरी असल शासन क्लबका अध्यक्ष देखि हाल कार्यकारी प्रमुखका रूपमा सामाजिक उत्तरदायित्व, पारदर्शिता, जवाफदेहिता र असल शासनको पक्षमा आवाज उठाउँदै आउनुभएको छ।
समाजमा देखिएका विकृति, विसंगति र अनियमितताविरुद्ध नागरिकस्तरबाट खबरदारी गर्दै सुशासनको स्थापना र सार्वजनिक सेवामा पारदर्शिता कायम गर्न उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ।

सामाजिक संस्था र नागरिक अभियानमार्फत समुदायका विभिन्न सवाललाई सम्बन्धित निकायसम्म पुर्‍याउने तथा नागरिक र राज्यका निकायबीच संवादको वातावरण निर्माण गर्न उहाँको सक्रियता उल्लेखनीय छ।
नेपालगन्जको सामाजिक क्षेत्रमा उहाँको सक्रियता केवल संस्थागत जिम्मेवारीमा सीमित नभई सामाजिक न्याय, नागरिक अधिकार, सार्वजनिक जवाफदेहिता र सकारात्मक परिवर्तनका विषयमा केन्द्रित देखिन्छ। युवादेखि विभिन्न सामाजिक समूहलाई सामाजिक अभियानमा जोड्ने तथा समाजमा असल संस्कार र जिम्मेवार नागरिक भावनाको विकास गराउने प्रयासमा पनि उहाँ सक्रिय रहँदै आउनुभएको छ।
आज उहाँको जन्मदिनको अवसरमा उहाँको सामाजिक यात्रा अझ सशक्त र प्रभावकारी बन्दै जाओस् भन्ने शुभकामना व्यक्त गर्दछौँ। आगामी दिनमा पनि उहाँले समाज र राष्ट्रको हितमा अझ महत्वपूर्ण योगदान पुर्‍याउन सक्नुहोस् भन्ने कामना गर्दछौँ।

शुभकामना संदेश एसीपी न्युज परिवार बाट 
🎉 जन्मदिनको हार्दिक शुभकामना!
बागेश्वरी असल शासन क्लब, नेपालगन्जका अध्यक्ष
आदरणीय नमस्कार शाहज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना।
सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति र निरन्तर सामाजिक सफलताको हार्दिक शुभेच्छा।
— ACP News Nepal परिवार

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x