१४ मंसिर २०८३, आईतवार

युवाहरुको जोश देखेर उत्साहित—शर्मा

एसीपी संवाददाता

१२ श्रावण २०८०, शुक्रबार ०८:३१ मा प्रकाशित

नेपालगञ्ज ÷बास नेपालका युवाहरुहरुले भ्रष्टाचार बिरुद्धका अभियानलाई सशक्त रुपमा अगाडी बढाएको देखेर आफुमा उत्साह थपिएको नेपाल रेडक्रस सोसाईटी का पुर्ब केन्द्रीय उपाध्याक्ष अजित कुमार शर्माले बताए ।
शर्माले सो कुरा बिहिबार बास नेपालले नेपालगञ्ज उपमहानगरपालिका १२ नम्बर वडा ईकाई कार्यालय उद्घाटनको अवसरमा बताएका हुन । कार्यालय उद्घाटन समारोहका प्रमुख अतिथि समेत रहेका शर्माले धेरै संघ सस्थाहरु मध्ये एकदमै मन पर्ने सस्था बास नेपाल हो । आफू उमेरको उत्तरार्धमा पुगे पनि बास नेपालका युवाहरुको सहकार्य देखेर मलाई पनि जोश जाँगर आउने गरेको बताउँदै बास नेपालको ईकाई कार्यलयको बिधिवत रुपमा उद्घाटन गरेर रास्ट्रब्यापी सन्देश दिएको बताए ।
त्यस्तै ईकाई कार्यालय उद्ुघाटन कार्यक्रमका अर्का अतिथि तथा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष तरुण बज्राचार्यले कार्यक्रममा बोल्दै भ्रस्टाचार विरुद्ध ख्याती प्राप्त सस्था बास नेपालले ईकाइ कमिटीको कार्यालय स्थापना गरेकोमा धन्यबाद दिनुका साथै बास नेपालले आफ्नै वडामा असल शासनको वडा कार्यलय स्थापना गरेकाले आफुलाई झनै सुशासन को क्षेत्रमा काम गर्न सहज हुने आशा लिएको बताए ।
बास नेपाल ईकाई कमिटिका अध्यक्ष रामु चिडिमारले बास नेपालको  सक्रियता कार्यक्रम भएको हो । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x